सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैज्ञानिकले पत्ता लगाए मानिसलाई अग्लो बनाउने ‘ब्रेन सेन्सर’

वैज्ञानिकहरूले मानिस अग्लो हुने मस्तिष्कको सेन्सर पत्ता लगाएका छन् । विगतको तुलनामा अहिले मानिसहरू अग्लो हुनु र छिट्टै किशोरावस्थामा पुग्नुलाई मस्तिष्कमा रहेको सेन्सरमार्फत व्याख्या गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । बीसौँ शताब्दीमा बेलायतीहरूको औसत उचाइ ३.९ इन्च बढेको थियो‚ जुन अन्य देशका नागरिकको औसत उचाइका तुलनामा ७.८ ईन्च बढी थियो ।

यसो हुनुको प्रमुख कारण पोषण र स्वास्थ्यमा आएको सुधारलाई मानिएको छ । यस्तो भनिए पनि वास्तवमा कसरी उचाइ बढ्छ भन्नेबारे कसैले पनि ठोस कारण पत्ता लगाउन सकेको थिएन।अहिले बेलायती अन्वेषकहरूले कसरी उचाइ बढ्छ भन्नेबारे खोज गर्दा मांसपेशी बलियो बनाउने र बिस्तारै–बिस्तारै उचाइ बढाउने औषधिको विकास गर्न सकिने बताएका छन् । वैज्ञानिकहरूलाई यो पहिल्यैदेखि थाहा छ कि राम्रो र नियमित आहारले मानिसहरू छिटो बढ्ने र चाँडै परिपक्व हुन्छन् ।
उदाहरणका लागि दक्षिण कोरिया आर्थिक रूपमा विपन्न देशको सूचीबाट बिस्तारै सम्पन्न देशको रूपमा विकास हुँदै गएपछि त्यहाँका वयस्क जनसङ्ख्याको उचाइसमेत पहिलेको तुलनामा बढेको थियो । यता दक्षिण एसिया र अफ्रिकाका अधिकांश क्षेत्रका मानिसहरू अझै पनि सय वर्षअघिको मानिसको तुलनामा थोरै मात्र अग्लो भएका छन् ।

धेरै बच्चा जन्माउनुहोस्

World Link Ads
Mahakali Polytechnic

मस्तिष्कको एक भाग (हाइपोथालेमस)मा हामीले खाने खानाको संकेत पुग्छ । यो संकेतले मस्तिष्कलाई शरीरको पोषण स्वास्थ्यको बारेमा बताउँछ र शारीरिक वृद्धिलाई तीव्र गति दिन्छ । विज्ञान र अनुसन्धानको जर्नल ‘नेचर’मा यसबारे नयाँ अध्ययन प्रकाशित भएको छ ।

Dirghayu Ads

यो अनुसन्धान क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको थियो । बेलायतको क्वीन मेरी युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी, मिसिगन युनिभर्सिटी र भान्डरबिल्ट युनिभर्सिटीका टोलीले पनि अनुसन्धानमा सहयोग गरेका थिए ।

यस अनुसन्धानमार्फत उचाइ बढ्ने प्रक्रिया गराउने रिसेप्टर पत्ता लागेको छ‚ जसलाई ‘एमसीथ्रीआर’ भनिन्छ । क्याम्ब्रिजका प्राध्यापक स्टीफन ओराहिली भन्छन्, ‘यो रिसेप्टर आहार र यौवनसँग शरीरको लम्बाइको बीच एक महत्त्वपूर्ण लिङ्क हो ।

एमसीथ्रीआरले शरीरलाई राम्रो अवस्थामा भएको जानकारी गराउँदै छिटो बढ्न, चाडै जवान हुन र धेरै बच्चा जन्माउन आदेश दिन्छ ।’ उनी थप्छन्, ‘यो कुनै जादु होइन‚ हामीसँग यो कसरी हुन्छ भन्ने पूरा खाका छ ।’

यस्तो कसरी हुन्छ ?

खोजकर्ताहरूले पत्ता लगाएअनुसार मस्तिष्क रिसेप्टरहरूले मानिसको शरीरमा सामान्य रूपमा काम नगरेपछि मानिसको उचाइ आवश्यकभन्दा कम हुन्छ । साथै त्यस्ता व्यक्तिहरू अन्य व्यक्तिको तुलनामा ढिलो वयस्क अवस्थामा प्रवेश गर्छन् ।

Sana Kishan

अनुसन्धानकर्ताको टोलीले युके बायो बैंकसँग आबद्ध भएर झन्डै ५० लाख स्वयंसेवकहरूको आनुवंशिक शृङ्खलाको अध्ययन गर्दा सर्वेक्षणको निष्कर्ष सही भएको पुष्टि भएको हो ।
अनुसन्धानमा धेरै बच्चाहरूको जिनमा उत्परिवर्तन फेला परेको थियो‚ जसले उनीहरूको मस्तिष्क रिसेप्टरहरूलाई बाधा पु¥याएको पत्ता लागेको थियो । त्यस्ता बालबालिकामा जिनको प्रभाव सानै उमेरदेखि परेर कदमा साना र तौल कम भएको पाइएको थियो । अनुसन्धानको क्रममा टोलीले एउटा यस्तो व्यक्ति भेटेको थियो‚ जसमा एमसीथ्रीआरको जिनको दुवै कपीहरूमा उत्परिवर्तन भएको पाइयो । यो परिवर्तन अत्यन्तै दुर्लभ र हानिकारक हुन्छ ।

ती व्यक्ति कदमा निकै साना थिए र उनको यौवनमा २० वर्षपछि मात्र शरीरमा परिवर्तन आउन थालेको थियो । यस्तो मानिसमा मात्र होइन‚ अन्य जीवमा पनि हुने गरेको छ । यो कुरा अनुसन्धानकर्ताले एउटा मुसामाथि अध्ययन गरेर पत्ता लगाएका थिए ।

यो खोजले बालबालिकाको शरीरमा वृद्धि तथा विकास ढिलो हुने र धेरै ढिलो यौवनमा विकास हुने समस्याको समाधान गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ । त्यससँगै गम्भीर रोग तथा दुब्ला बच्चाहरूमा मांसपेशीको विकास गर्न मद्दत पुग्ने दाबी गरिएको छ ।

प्रोफेसर ओरहिलीले भने, ‘भविष्यको अनुसन्धानले बिरामी व्यक्तिहरूको शारीरिक क्षमता सुधार गर्न एमसीथ्रीआर सक्रिय गर्ने औषधिमार्फत क्यालोरी प्रयोग गरेर मांसपेशी निर्माणलाई अझ राम्रो बनाउन सकिन्छ कि भनेर पत्ता लगाउन खोजेको हो ।’

वैज्ञानिकहरूले पहिले नै यस्तो मस्तिष्क रिसेप्टर पत्ता लगाएका थिए‚ जसले भोक नियन्त्रण गर्छ । यस्तो रिसेप्टरलाई एमसीफोरआर भनिन्छ । यसको कमी भएका व्यक्तिहरूलाई सामान्यतया मोटोपनाको समस्या हुन्छ ।

मानिसको उचाइ कहिलेसम्म वृद्धि हुन्छ ?

मानिसको उचाइको पनि एउटा सीमा हुन्छ । आनुवंशिक क्षमता भएसम्म मात्र मानिसहरू बढ्ने गर्छन् । आनुवंशिक क्षमता कति हुनेछ भन्ने कुरामा स्वास्थ्य आहारजस्ता कारकहरूले ठूलो प्रभाव पार्छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले पर्याप्त क्यालोरी पाएमा आफ्ना हजुरबुबाहरू जत्तिकै बढ्न सक्छन् । अग्लो मानिसहरू सामान्यतया लामो समयसम्म बाँच्छन् ।
उनीहरूलाई मुटुसम्बन्धी समस्या हुने सम्भावना पनि कम हुन्छ । तर मानिसको उचाइ सधैँभरि बढ्न सक्दैन । पछिल्ला शताब्दीमा यूरोपका देशहरूमा जस्तै बेलायतका मानिसहरूको औसत उचाइ पनि बढेको छ । तर विगत १० वर्षलाई नियाल्दा भने बेलायतका मानिसहरूको औसत उचाइ बढ्न सकेको छैन ।

पछिल्लो शताब्दीमा दक्षिण कोरियाली महिला र इरानी पुरुषको उचाइ संसारमै सबैभन्दा बढी वृद्धि भएको देखिएको छ । नेदरल्यान्डमा जन्मिएका पुरुष संसारकै सबैभन्दा अग्ला व्यक्तिहरू भएको अनुसन्धानले देखाएको छ । उनीहरूको औसत उचाइ १८२.४ सेन्टिमिटर छ । त्यस्तै ग्वाटेमालामा जन्मिएका महिलाहरू सबैभन्दा कम उचाइका भएको पाइएको छ । उनीहरूको औसत उचाइ १४० सेन्टिमिटर छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.