Bedkot Samudayik Ban

यी क्षेत्रमा बदली, दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो

Sana Kishan
Total
0
Shares

काठमाडौँ उपत्यकामा तापक्रम घट्दै जाँदा चिसो बढेको छ । उपत्यकासहित देशभर चिसो बढ्दा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ ।

Arus

उपत्यकाको बिहीबारको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो । दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् बताउँछन् । दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसोः देशको प्रदेश न १ र प्रदेश न २ का भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

रातीः प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

Karnali Traders

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार
दिउँसोः देशका प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ । मकालु खबर बाट सभार

Total
0
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
0
Share