Bedkot Samudayik Ban

साताको छैटौँ दिन (शुक्रबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
52
Shares

साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।

Arus

हिजो तोलामा १३०० सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ५०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ रहेको छ। बिहीबार चाँदी प्रतितोला रु एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

 

Total
52
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
52
Share