सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुख्खा नरिवल खाँदा महिलालाई यति धेरै फाइदाहरु !!

नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । त्यसैले धेरै मानिसहरुले यसलाई आफ्नो खानामा समावेश गर्छन् । नरिवलको सेवन सबै उमेरका मानिसहरुका लागि आवश्यक हुन्छ । विशेषगरी महिलाले सुख्खा नरिवल किन खानुपर्छ भनेर यहाँ जानकारी दिइँदैछ ।

सुख्खा नरिवललाई विभिन्न तरिकाले खानामा प्रयोग गर्न सकिन्छ । नरिवलले गुलिया खानेकुराको स्वाद र पोषक तत्वमा वृद्धि गर्छ । यो सबै मानिसहरुका लागि फाइदाजनक हुन्छ तर महिलाका लागि यसको फाइदा अलि बढी नै हुन्छ । यसले महिलामा रक्तअल्पत्ता वा रगतको कमी हुन दिँदैन । साथै गर्भावस्थामा पनि यसको सेवन लाभदायक मानिन्छ ।

सुख्खा नरिवलमा पोषक तत्वः

World Link Ads
Mahakali Polytechnic

– आइरन

– म्यागनेसियम

– भिटामिन बीसिक्स

– क्याल्सियम

– एन्टीअक्सिडेन्ट्स

महिलाका लागि सुख्खा नरिवलका फाइदाः

सुख्खा नरिवल खाँदा स्वास्थ्यले विभिन्न प्रकारको लाभ पाउँछ । यदि तपाईं यसको नियमित सेवन गर्नुहुन्छ भने तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । साथै गर्भावस्थामा पनि यसको सेवन गर्न सकिन्छ । सुख्खा नरिवलले महिलामा हुने यूटीआईको समस्याबाट पनि राहत प्रदान गर्छ । सुख्खा नरिवलका फाइदा यस प्रकारका छन्ः

१. आइरनको कमी हुन दिँदैनः

धेरैजसो महिलामा रक्तअल्पत्ता देखिन्छ । महिलामा आइरनको कमी एउटा ठूलो समस्या हो । यसले महिलालाई कमजोरी महसुस गराउँछ जसका कारण थुप्रै समस्या निम्तिने गर्छन् । सुख्खा नरिवलमा निकै राम्रो मात्रामा आइरन पाइन्छ, त्यसैले यसलाई महिलाका लागि फाइदाजनक मानिन्छ ।

नरिवललाई खानामा समावेश गर्दा आइरनको कमीको समस्यालाई केही हदसम्म टाढा राख्न सकिन्छ । यसमार्फत् निकै सजिलै हिमोग्लोबिन बढाउन सकिन्छ ।

Sana Kishan

२. मुटुका लागि फाइदाजनक सुख्खा नरिवलः

सुख्खा नरिवलमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईंको हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । हुन त एन्टीअक्सिडेन्ट तपाईंको सम्पूर्ण स्वस्थका लागि आवश्यक हुन्छ तर मुटु रोगबाट बच्नका लागि यो एक आवश्यक पोषक तत्व हो । नरिवलमा फिनोलिक तत्व हुन्छ जुन एक एन्टिअक्सिडेन्ट हो । यो तत्वले तन्तुलाई अक्सिडेटिव क्षती हुनबाट जोगाउँछ । नरिवलले हृदयघातको खतरालाई पनि कम गर्छ ।

३. जोर्नी दुखाईमा लाभकारीः

महिलालाई जोर्नी दुखाईको समस्या अत्यधिक हुन्छ । यो एक अत्यन्त पीडादायी समस्या हो । यो समस्याबाट जोगिनका लागि तपाईंले आफ्नो खानामा सुख्खा नरिवल समावेश गर्नुपर्छ । यसमा थोरै मात्रामा क्याल्सियम पनि पाइन्छ जसले हड्डीलाई बलियो बनाउँछ । साथै, यसमा भएका अन्य पोषक तत्वले तपाईंको सम्पूर्ण शरीरलाई बलियो बनाउँछ ।

४. गर्भावस्थामा फाइदाजनक छ सुख्खा नरिवलः

सुख्खा नरिवललाई गर्भावस्थाका बेला पनि निकै सहज तरिकाले खान सकिन्छ । यसले महिलाको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यो तपाईंको भ्रुणका लागि पनि फाइदाजनक छ । नरिवलमा फ्याटी एसिड हुन्छ जसले शिशुको विकास र वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थामा तपाईंले सुख्खा नरिवलको सेवन कुनै न कुनै रुपमा पक्कै पनि गर्नुपर्छ ।

५. प्रतिरोधी क्षमता

सुख्खा नरिवल पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, क्याल्सियम, म्याग्निज, प्रोटिन र आइरन निकै राम्रो मात्रामा पाइन्छ । यस्तोमा यसको सेवनले तपाईंको प्रतिरोधी क्षमतालाई बढाउन सकिन्छ । सुख्खा नरिवलले तपाईंको प्रतिरोधी क्षमता बढाएर रोगबाट लड्न पनि सहयोग गर्छ ।

७. दुधको मात्रा बढाउँछः

स्तनपान गराउने महिलाका लागि सुख्खा नरिवलको सेवन निकै फाइदाजनक मानिन्छ । किनभने यसको सेवनले दुधको उत्पादन बढाउँछ । साथै, शिशुले पनि आवश्यक पोषक तत्व पाउँछ । प्रसवपछि यदि नियमित रुपमा नरिवल खाइन्छ भने बच्चाको विकासमा मद्दत मिल्छ । नरिवलमा लरिक एसिड हुन्छ जसले दुधको उत्पादन बढाउन मद्दत गर्छ ।

७. पिसाबको संक्रमणबाट जोगाउँछः

महिलाले धेरैजसो पिसाबको संक्रमणसँग जुध्नुपर्छ । नरिवलको सेवन गर्दा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ । वास्तवमा नरिवलले पिसाबको संक्रमण पैदा गर्ने ब्याक्टेरिया रोक्छ । नरिवल खाँदा युटिआईजस्तो गम्भीर संक्रमणलाई पनि रोक्न सकिन्छ । योनीलाई स्वस्थ राख्नका लागि पनि तपाईं नरिवलको सेवन गर्न सक्नुहुन्छ । नरिवल पानीले पिसाबको संक्रमणलाई जोगाउने गर्छ । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.