Bedkot Samudayik Ban

चिसो मौसममा किन बढ्छ प्रदूषण ?

Sana Kishan
Total
6
Shares

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । बुधबार काठमाडौं उपत्यका बाहिरका पाँच ठाउँमा वायु प्रदूषणले खतराको सूचक नाघ्यो ।

Arus

सामान्यतया वायु गुणस्तर मापन (एक्वीआई) १०० वा सोभन्दा कम हुनुपर्ने बताइन्छ । तर बुधबार वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रले पोखराको वायु गुणस्तर मापन १७६ पुगेको उल्लेख गरेको छ । त्यस्तै, विराटनगर र महेन्द्रनगरको एक्वीआई १५९ पुगेको छ ।

वायु प्रदूषण मापन केन्द्रको तथ्यांक अनुसार बुधबार पोखराको हावामा मिसिने धुलोको कण नाप्ने सूचक पीएम १० को मात्रा ११२.९९ माइक्रोग्राम÷क्युबिक मिटर मापन गरिएको थियो । सोही ठाउँको हावामा कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासको मात्रा मापन गर्ने पीएम २.५ को मात्रा १०६.०९ माइक्रोग्राम÷क्युबिक मिटर मापन गरिएको थियो ।

बुधबार काठमाडौंको कीर्तिपुर (त्रिवि)मा रहेको मापन केन्द्र, भरतपुर र जनकपुरको वायु प्रदूषण मापन केन्द्र आसपासको हावामा पनि औसतमा हुनुपर्नेभन्दा धेरै प्रदूषण देखिए पनि खतराको तह पार गरिनसकेको केन्द्रले जनाएको छ ।

जाडोमा किन बढ्छ प्रदूषण ?

जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ ।

यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने डा. बमको भनाइ छ ।

प्रदूषणले स्वास्थ्यमा कति गर्छ असर ?

मुटुरोगबाट हुने मृत्युमध्ये २० प्रतिशतभन्दा धेरैको वायु प्रदूषणका कारण हुने गर्छ । त्यस्तै, फोक्सोको कारण हुने मृत्युमध्ये ४३ प्रतिशत मृत्युमा प्रदूषणको भूमिका रहेको चिकित्सकहरू बताउँछन् ।

विभिन्न अध्ययनले देखाएअनुसार प्रदूषणको असरलाई हेर्ने हो भने झनै भयावह अवस्था देखिन्छ । प्रत्येक वर्ष नेपालमा ४२ हजार १०० जनाको मृत्युमा प्रदूषण पनि कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट–२०२० को आँकडामा उल्लेख छ ।

प्रदूषणका कारण सीओपीडी (फोक्सोसम्बन्धी) रोग लागेर सबैभन्दा धेरैले ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ । फोक्सोसम्बन्धी समस्याबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशतले प्रदूषणकै कारण ज्यान गुमाउनु परेको देखाएको छ ।

त्यस्तै, मुटुको रोगबाट ज्यान गुमाउनेमध्ये पनि २४ प्रतिशतको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार वायु प्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गर्छ । वायुमा हुने दूषित कण श्वासप्रश्वास मार्फत शुरुमा फोक्सोमा पुग्छ । त्यसैले यसमा बढी असर देखिन्छ । अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर मृत्युतर्फ हेर्ने हो भने सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।

Karnali Traders

अध्ययनअनुसार बच्चाहरुको मृत्यु, समयभन्दा अघि नै बच्चा जन्मिनु, जन्मिँदै अपाङ्ग भएर जन्मिने जस्ता समस्या पनि प्रदूषणका कारण हुने गर्छन् । नवजात शिशुको मृत्युमध्ये २२ प्रतिशतको मृत्युको कारण प्रदूषण रहने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट–२०२० मा उल्लेख छ ।

त्यस्तै, श्वासप्रश्वासका कारण हुने मृत्युमध्ये ४७ प्रतिशत, कुल क्यान्सरबाट मृत्यु हुनेमध्ये ३४ प्रतिशत र मधुमेहका कारण हुने मृत्युमध्ये २५ प्रतिशत कारक वायु प्रदूषण रहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

कसरी गर्छ प्रदूषणले स्वास्थ्यमा असर ?

वायु प्रदूषणको चर्चा गर्दा आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को कुरा आउँछ । यसमध्ये पीएम १० हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्याससँग सम्बन्धित छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ छातीरोग विशेषज्ञ डा. बमका अनुसार प्रदूषित वायुमा रहेका यी ग्यासहरू श्वासनली हुँदै फोक्सोभित्र प्रवेश गरेर श्वासनली र नलिका हुँदै रगतसम्म पुग्छ ।

बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ ।

पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् । यसमा माथि उल्लेख गरिएकाबाहेक निकोफिन, क्याटमियम, नाइट्रोजन–डाइअक्साइड, ओजोन, सल्फर डाइअक्साइड जस्ता क्यान्सरजन्य पदार्थहरू समेत रहेका हुन्छन् ।

यी ग्यास श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले हामीमा रक्तचाप बढाउँछ । सुदर्शन अर्यालले अनलाइनखबरमा लेखेका छन्।

Total
6
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
6
Share