सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बाजुरा जिल्लामा दुई पुरुष मृत भेटिए

46
Sana Kishan

बाजुरा– जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्।

चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।

Arus
Karnali Traders

कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । गोदावरी न्युज बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

3  +  3  =