सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज (बिहीबार) ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार हेर्नुहोस् ?

106
Sana Kishan

साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

हिजो तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला १३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Arus

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Nepali Khaja
Karnali Traders

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार २०० रुपैयाँ रहेको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० रहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  45  =  54