सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा

64
Sana Kishan

न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।

जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल अगाडि नै ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ७२ रनमा अविजित रहे । न्युजिल्यान्डका​डेभन कन्वेले ४६ तथा जेम्स निसामले २७ रन जोडे । इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले समान २÷२ तथा आदिल रासिदले एक विकेट लिए ।

Arus

टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इङ्ग्ल्यान्डका मोइन अली ५१ रनमा अविजित रहे । डेविड मलानाले ४१ र जोस बटलरले २९ रन जोडे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्स नासमले समान १÷१ विकेट लिए।

Nepali Khaja
Karnali Traders

यसअघि न्युजिल्यान्ड सन् २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनल खेलमा न्युजिल्यान्ड इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । न्युजिल्यान्डले उपाधिका लागि आइतवार आजको विजेतासँग खेल्नेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

1  +  5  =