Bedkot Samudayik Ban

वायु प्रदूषणबाट कसरी जोगिने ?

Sana Kishan
Total
26
Shares

प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ । कलकारखानाहरूको परिचालन या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक कण हावामा मिसिन्छन्, जसले पर्यावरण दूषित हुन्छ ।

Arus

त्यस्तै, सवारी साधनदेखि थर्मल प्लान्ट बढ्नाले प्राकृतिक पर्यावरणमा परिवर्तन भइरहेको छ । आवादी बढ्नाले प्रदूषण पनि धेरै द्रुत रूपमा बढ्दो छ । प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले यसले मानवीय स्वास्थ्यलाई बरवाद गरेको छ । प्रदूषणका कारण क्यान्सर, हृदयरोगसमेत हुने गरेको छ ।

वायु प्रदूषण एउटा यस्तो प्रदूषण हो, जसका कारण दिनप्रतिदिन मानव स्वास्थ्य बिग्रँदो छ । अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ । प्रदूषणले ओजोन तह पातलो गर्नमा मुख्य भूमिका निर्वाह गर्दछ, जसका कारण जसै हामी घर बाहिर पाइला राख्छौं, हामी अनुभूति गर्न सक्छौं कि हावा कति हदसम्म प्रदूषित भइसकेको छ । धुवाँको मुस्लो सवारी साधन एवम् कलकारखानाहरुको चिम्नीबाट निस्किराखेको सजिलै देख्न सक्छौं ।

थर्मल पावर प्लान्टसबाट निस्किने फ्लाइ ऐश हावामा फैलिने खरानीका कारण हावालाई प्रदूषित गरिराखेको छ । जहाँ वायुलाई प्रदूषित गर्ने खाले प्रदूषण बढी हुन्छ, त्यहाँ आँखा पोल्ने, छातीमा अप्ठ्यारो महशुश हुने एवम् खोकी लाग्ने सामान्य मानिन्छ । अन्जायना (एक हृदयरोग) वा अश्यमा (फोक्सोको एक रोग) वा अचानक स्वस्थ्य अवस्था विग्रनु पनि वायु प्रदूषणको संकेत मानिन्छ । जसै जसै वायुमा प्रदूषण निख्रिदै जान्छ, स्वास्थ्य पनि ठीक हुँदै जान्छ । बूढापाकाभन्दा केटाकेटीहरू बढी नाजुक हुन्छन्, यसैले तिनमा वायु प्रदूषणको प्रभाव अधिक पर्दछ एवम् छिटै विरामी पर्दछन् । त्यसैले, बढी वायु प्रदूषण भएको बेला बालबालिकाहरुलाई घरभित्र राख्नु बुद्धिमानी हुन्छ ।

वायु प्रदूषणका आधार निम्न रहेका छन् ।

कार्वन मनोअक्साइड :

यो एउटा अधकल्चो कार्वन हो, जुन पेट्रोल, डिजेल इन्धन एवम् काठदाउरा बाल्दा उत्पन्न हुन्छ । यो सिगरेटबाट पनि उत्पन्न हुन्छ । यसले शरीरमा अक्सिजनको कमी गराउँदछ, जसले गर्दा हामी निद्रामा अप्ठ्यारो अनुभूति गर्दछौं ।

कार्वनडाइअक्साइडः

कार्वनडाइअक्साइड एक प्रकारको हरित गृह ग्यास हो । जुन कोइला, तेल एवम् प्राकृतिक ग्यास जलाउनाले उत्पादन हुन्छ ।

क्लोरोफ्लोरो कार्वन :

यो ओजोन नष्ट गर्ने खाले एक प्रकारको रसायन हो । जब यसलाई एयर कन्डिशिनिङ्ग एवम् रेफ्रिजेरेटरका लागि उपयोग गरिन्छ, तव यसका कारण हावामा मिसिएर वायुमण्डलको समताप मण्डलसम्म पुग्दछ । र, अन्य ग्यासहरुसँग मिसिएर ओजोन तहलाई क्षति पुर्याउँछ । यही ओजोन तह जसले जमिनमा जीवजन्तुहरु एवम् वनस्पतिहरुलाई सूर्यको नोक्सानबाट पुर्याउने परावैजनी किरणहरुबाट बचाउँदछ । यही कारणले होला क्लोरोफ्लोरो कार्वन मानव एवम् अन्य जैविक जगतका लागि धेरै घातक मानिन्छ ।

सिसा, लीड सिसा, डिजेल, पेट्रोल, ब्याट्री पेन्ट एवम् हेयर डाइमा पाइन्छ । सिसाले खासगरी बालबालिकाहरुलाई प्रभावित गर्दछ । यसबाट मस्तिष्क एवम् पाचनक्रिया खराव हुने गर्दछ । यसको दुष्प्रभावले क्यान्सर पनि हुन सक्दछ ।

ओजोन तह वायुमण्डलमा समताप मण्डलको सबैभन्दा माथिल्लो तह मानिन्छ । यो एउटा विशेष एवम् महत्वपूर्ण ग्यास मानिन्छ । यसको काम सूर्यलाई हानी पुर्याउने परावैजनी किरणहरुलाई भूमिको सतहमा पुग्नबाट रोक्नु मानिन्छ । फेरी पनि जमिनी सतह धेरै दूषित छ, एवम् जहरिलो पानी कलकारखानाहरुबाट ओजोन ठूलो मात्रामा निस्कन्छ । यसले गर्दा आँखामा पानी आउँछ, पोल्छ पनि ।

Karnali Traders

नाइट्रोजन अक्साइड :

यसका कारणले धमिलो एवम् अम्लिय वर्षा हुने गर्दछ । यो ग्यास पेट्रोल, डिजेल एवम् कोइला बाल्दा निस्कन्छ । यसबाट बालबालिकाहरु धेरैखाले रोगव्याधि हुन्छन्, जुन जाडो मौसममा देखिन्छ ।

निलम्बित अभिकणीय पदार्थ :

यो हावामा ठोस धुवाँधूलोको कणको रुपमा हुन्छ, जुन एउटा खास समयसम्म रहिरहन्छ । जसका कारण फोक्सोलाई नोक्सानी पु¥याउँछ एवम् सास फेर्न गाह्रो हुन्छ ।

सल्फरडाइअक्साइड :

कोइलालाई थर्मलप्लान्टमा जलाइँदा जुन ग्यास निस्किन्छ, त्यही हो सल्फरडाइ अक्साइड । धातुलाई गलाउन एवम् कागजलाई तयार गर्दा निस्कने ग्यासहरुमा पनि सल्फर अक्साइड हुन्छ । यो ग्यास तुवाँलो उत्पन्न गराउन एवम् अम्लिय वर्ष गराउन अति सहयोगी मानिन्छ । सल्फरडाइअक्साइडका कारण फोक्सोजन्य रोग व्याधि लाग्ने खतरा बढेर जान्छ ।

वायु प्रदूषणबाट कसरी बच्ने ?

सूचना प्रविधिको युग आएको छ । त्यसैले, सरकारले यस्तो नीति बनाओस्, जसले गर्दा कर्मचारी घर बसी बसी काम गरुन् । एक सातामा एक दिन मात्र कार्यालय आउने व्यवस्थाले सवारी साधन चल्न स्वतः कम हुन्छ । सार्वजनिक यातायात सेवाको प्रयोग तथा धेरैभन्दा धेरै साइकल प्रयोग गरेर सवारी साधनबाट हुने प्रदूषण घटाउन सकिन्छ ।

आफ्नो घर वरिपरिका बोटविरुवाहरुको हेरचाह गरी हरियाली बढाएर प्रदूषण घटाउन सकिन्छ । यसका साथै, आवश्यक नपरेको बेला विद्युतजन्य चीजको प्रयोग नगर्ने, आँगन, करेसाबारीमा भएका झारपात सुकेका छन् भने नबाल्ने बरु बरु कम्पोष्टमल बनाउने, आफ्नो सवारी साधनको प्रदूषण परीक्षण प्रत्येक तीन महिनामा गर्ने बानी बसाल्न सके पनि प्रदूषण घटाउन सकिन्छ । बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुन्छ । त्यसैले प्रदूषण बढी हुने बेला घरमा नै बस्नु उपर्युक्त हुन्छ, यसका लागि लकडाउन हुनैपर्छ भन्ने छैन ।

मानव जिन्दगी एक पटक मात्रै पाइन्छ । त्यसैले, स्वस्थ्य जीवन बाँच्न सकेसम्म पर्यावरणमा प्रदूषण हुने सबैखाले प्रदूषण न्यूनीकरण एवम् नियन्त्रण कार्यमा हामी आफैं पनि सक्रिय सहभागी होऔं, अरुलाई पनि अभिप्रेरित गरौं । सरकारी निकायको काम त त्यही एउटा विज्ञापन निकाल्नु अनि सचेतनाका लागि वर्षदिनमा वातावरण दिवस मनाउने प्रभातफेरी निकाल्नुसम्म त हो । रातोपाटी बाट सभार

Total
26
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
26
Share