सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउन अपनाउनुहोस् यी घरेलु उपायहरु !!

भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् ।

महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ ।

हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग९प्रतिरोधकहरू (एन्टीबडी) उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ ।

World Link Ads
Mahakali Polytechnic

यो कोरोना भाइरसको औषधी होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने क्षमता) कम्तीमा पनि केही प्रतिशतले बढ्नेछ ।

आफूलाई र आफू वरपरका मानिसहरूलाई कुनै विपत्ति नपुरÞ्याइकन अहिलेको परिस्थितिलाई सहजै पार गर्नको निम्ति अहिले सबैभन्दा आवश्यक कुरा भनेको नै रोगसँग लड्ने क्षमतालाई एकदमै बलियो बनाउनु हो ।

१) नीम र बेसार

हिमाली क्षेत्रबाहेक अरू ठाउँमा नीमको पात जताततै पाइन्छ अनि बेसार त सबैतिर यसैपनि उपलब्ध छ । अहिले मानिसहरूले एक प्रकारको बेसार बनाउँदै छन्, जसलाई सूक्ष्म बेसार भनिन्छ, जसलाई हाम्रो शरीरले सामान्य बेसारको तुलनामा निकै राम्रोसँग सोस्न सक्दछ ।

तपाईंले दिनहुँ यो सरल कार्य गर्न सक्नुहुन्छः ८÷१० वटा नीमको पात र थोरै बेसार मनतातो पानीमा मिसाएर दैनिक पिउनुहोस् । यदि तपाईंले खाली पेटमा यो पिउनुभयो भने, शरीरबाहिर रहेका जीवहरूसँग लड्ने क्षमतामा उल्लेखनीय वृद्धि हुन्छ ।

यसले तुरुन्तै काम गरिहाल्छ भन्ने होइन, तर तपाईंले निरन्तर सेवन गर्नुभयो भने, ३ देखि ६ हप्तामा केही भिन्नता पाउन सकिन्छ । यो एकदमै सरल प्रक्रिया हो, जसलाई सबैले आ–आफ्नो घरमा शुरू गर्न सकिन्छ । दक्षिणी भारतका प्रायः घरहरूमा यो अभ्यास पहिल्यै देखि नै चलिआएको छ । हामीले यसलाई सबैतिर भित्र्याउनु पर्छ ।

२) च्यवनप्राश र काँचो आँप

जीव लेगियम वा च्यवनप्राश जस्ता परम्परागत औषधीहरू छन्, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यदि तपाईंको घरमा ६० वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरू हुनुहुन्छ भने, उहाँहरूलाई च्यवनप्राश खुवाउन शुरू गर्दा राम्रो हुन्छ ।

यो मौसममा काँचो आँप पाउन थालिन्छ । आँप पाकुन्जेल नपर्खिनुहोस्, बरु काँचै आँप खानुहोस् । यो कोरोना भाइरसको रोकथाम होइन, तर यसले प्रतिरोधक (रोगसँग लड्ने) क्षमतालाई केही हदसम्म बढाउँछ ।

३) मह–मरिच–अमला

अघिल्लो रात अमला र केही दाना मरिच (हलुकासँग कुटेर) महमा भिजाउनुहोस् । यसलाई दिनमा तीन पटक ३÷३ चम्चा जति लिनुहोस्। यदि तपाईंले बिहान खाली पेटमा पहिला यो खानुभयो भने, यसले उत्कृष्ट ढङ्गले काम गर्दछ । यदि तपाईंले यसो गर्नुभयो भने, ४ देखि ८ हप्तामा तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार देख्न सक्नुहुन्छ।

४) बेलको पात

यदि तपाईंले हरेक दिन बिहान ३÷५ वटा बेलका पातहरू खानुभयो भने, यसले पनि तपाईंको प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउँछ।

Sana Kishan

५) पर्याप्त शारीरिक गतिविधि

अहिले मानिसहरू घरमा छन् । यदि उनीहरू यत्तिकै बसिरहेका छन्, अनि दिनैभरि केही न केही खाइरहेका हुन्छन् वा मदिरा सेवन गरिरहेका छन् भने, उनीहरू आफूलाई अझ बढी जोखिमपूर्ण बनाउँदै छन् । तपाईंले गर्न सक्ने एउटा साधारण कुरा भनेको आफूलाई शारीरिक रूपमा सक्रिय राख्नु हो ।

आफूलाई स्वस्थ र तन्दुरुस्त बनाउनको लागि यी हप्ताहरूको सदुपयोग गर्ने उपयुक्त समय यही हो । यदि तपाईंले केही पनि जान्नुभएको छैन भने, कम्तीमा पनि प्रत्येक दिन विभिन्न समयहरूमा– सायद एक पटकमा पन्ध्र मिनेट, दिनमा ५ देखि ६ पटक– एकै ठाउँमा उफ्रिनुहोस् (जगिङ्ग गर्नुहोस्) । यसो गर्नाले हाम्रो शरीर विभिन्न कुराहरूलाई राम्रोसँग सम्हाल्नको निम्ति सक्षम बन्दछ ।

६) उष्ण उत्पन्न गर्नको निम्ति मन्त्रोच्चारण

‘योग योग योगेश्वराय’ मन्त्रको उच्चारण गर्नाले हाम्रो प्रणालीमा ‘समत् प्राण’ वा उष्ण उत्पन्न हुन्छ । परम्परागत चिकित्सामा ‘उष्ण’ र ‘शीत’ भनेर प्रयोग गरिन्छ, जसलाई सामान्यतया ‘तातो’ र ‘चिसो’ भनेर बुझिन्छ, तर यसको ठ्याक्कै अर्थ त्यो होइन ।

यसले त्यसतर्फ सङ्केत गर्दछ, तर यसको अर्थ त्यो होइन। यदि तपाईंले पर्याप्त समत् प्राण उत्पन्न गर्नुभयो र प्रणालीमा उष्ण सृजना गर्नुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले एकदमै राम्रोसँग काम गर्नेछ। यो मन्त्रले प्रतिरक्षा प्रणालीमा विशेष मात्रामा शक्ति सृजना गर्छ, किनकि यसले ताप (तपस) उत्पन्न गर्दछ।

कृपया, यो कुरा सबैमा एकदमै प्रष्ट होस् कि यो कोरोना भाइरसको उपचार होइन, न त रोकथाम नै हो। ‘मैले आज मन्त्रोच्चारण गरें, त्यसैले म बाहिर गएर गैर–जिम्मेवारपूर्ण कामहरू गर्न सक्छु’ भनेर नसोच्नु होला, किनकि यसले त्यसरी काम गर्दैन।

यी यस्ता प्रक्रियाहरू हुन्, जुन आफ्नो प्रणालीलाई अझ बलियो बनाउनको निम्ति केही समयसम्म गर्नुपर्ने हुन्छ, जसले गर्दा यदि अर्को भाइरस आयो भने, तपाईं त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहनेछ ।

७) आफूलाई आनन्दित राख्नुहोस्

मानसिक तनावले निश्चय नै तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । पूर्ण रूपमा उत्साहित, आनन्दित र प्रफुल्ल रहनु पनि आफ्नो प्रतिरक्षा प्रणाली र शरीरलाई राम्रोसँग काम गर्ने बनाउने एउटा सरल तरिका हो ।

आनन्दित, समझदार र जिम्मेवार मानिसले जस्तोसुकै परिस्थिहरूलाई पनि सधैँ गम्भीर रहिरहने व्यक्तिको तुलनामा निकै राम्रो तरिकाले सामना गर्न सक्दछ । विशेषगरी यदि तपाईं आत्तिनुभयो भने, तपाईं शिथिल र कमजोर बन्नुहुन्छ । त्यसैले, यो एकदमै महत्त्वपूर्ण छ कि तपाईंका सबै सङ्कायहरू उपयुक्त स्थितिमा हुनुपर्छ–अर्थात्, तपाईंको शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसैअनुसार काम गरिरहेको हुनुपर्छ ।

८) ‘ईशा क्रिया’ ध्यानको अभ्यास

हामीले एउटा आधारभूत गल्ती गरेका छौँ, र त्यो के हो भने हामीलाई ‘म’ के हो अनि ‘मेरो’ के हो भन्नेबारे भिन्नता नै थाहा छैन । म जे–जति सङ्ग्रह (जम्मा) गर्छु त्यो ‘मेरो’ हुन सक्छ– यतिखेर हामी त्यसमा विवाद गरिरहेका छैनौँ, तर, त्यो कहिल्यै ‘म’ हुन सक्दैन।

यदि मैले यो कपडाको टुक्रालाई म भनेँ भने, तब अवश्य नै मैले आफ्नो सन्तुलन गुमाएको हुनेछु, होइन र ? त्यसैगरी, यदि तपाईंले यो शरीर र मन नै म हुँ भन्नुभयो भने, तब तपाईंमा केही समस्या छ भन्ने बुझिन्छ। शरीर र मन, तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो।

भलै, यसले तपाईंको जीवनमा दैनिक रूपमा उथलपुथल मच्च्याइ रहेको भए तापनि, यस प्रकारको सङ्कटको क्षणमा, यो सशक्त रूपमा प्रस्तुत हुन सक्छ। यसको लागि हामीसँग एउटा सरल समाधान छः ईशा क्रिया ध्यान– तपाईं जे हो र जे होइन, त्यसलाई छुट्याउने एउटा सरल तरिका।

यो सबैका निम्ति निःशुल्क उपलब्ध छ, जसको उपयोग गर्न सक्नुहुन्छ। यदि तपाईंले आफूमा म के हुँ र म के होइनु भन्नेबारे यतिसम्म सचेतना ल्याउनुभयो भने, यस प्रकारको चुनौतीपूर्ण समयहरूबाट सहजै अघि बढ्न निकै सजिलो हुनेछ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.