सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

छठ पर्वको रौनक तराईदेखि पहाडसम्म

87
Sana Kishan

जनकपुरधाम । ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ।

यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ। लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् रूपमा सुरु भएको छ।

Arus

चार दिने छठ पर्वको पहिलो दिन सोमबार श्रद्र्धुभक्तजनहरूले नुहाई खाई गरेका छन् । दोस्रो दिन मंगलवार राति खरना, तेस्रो दिन बुधबार अस्ताउँदै गरेको र बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुनेछ । जनकपुरका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीमा घाट निर्माण गरिएको छ ।

Nepali Khaja

आस्थाको पर्व

छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँशी तिथि लागेसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खीर, दुध केरा खान्छन्।

पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खरना भनिन्छ । षष्ठीका दिन व्रत बसिन्छ र व्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैन् ।

Karnali Traders

छैठमा लागि भुस्वा, ठेकुवा, लड्डुलगायत परिकार बनाएर त्यसलाई बाँसको डालोमा राखी सूर्य अस्त हुनुभन्दा अगावै नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने व्रतालुले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिन्छ ।

लोकप्रिय हुँदै छठ पर्व

केही दशकअघि नेपालको तराई र भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यमा धुमधामका साथ मनाइने छठ पर्व यतिबेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ ।

छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशीले बताउँछन् । छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरूको पर्व भनेर व्यख्या गरे पनि यो पर्व हरेक वर्गको पर्व रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘हिन्दुहरूको हरेक पर्वोत्सवहरूका ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवीदेवउताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ । तर, छठ पर्वमा त्यस्तो केही हुँदैन । यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ ।

छठीमाता र सूर्य दुवैको पूजा एकसाथ गरिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा भागवत पुराणमा वर्णन गरिएको छ । नयाँ पुस्ता बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

42  +    =  46