सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

गृहजिल्ला अछामको साँफेबगरमा आयोजित नगरकमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

हारदेखि नडराउने भन्दै उपाध्यक्ष रावलले अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए । कार्यकर्ताको भावनाअनुरुप पार्टी अध्यक्षमा उठ्न लागेको उनले बताए । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

केपी ओली अध्यक्षमा र आफू उपाध्यक्षमा लड्दा पनि हारेको स्मरण गर्दै उनले भने, ‘माधव नेपालले पनि हारेकै हुन्, मैले २०४८ सालमा अछामबाट पनि हारेकै हुँ । तर पछि तपाईँहरूले जिताइहाल्नुभयो ।’

Dirghayu Ads

साथै उनले पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन हुन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे । ‘अपानी–१२ र दश बुँदे सहमति झापासहित देशभर लागू भयो, सुदूरपश्चिममा लागू हुन सकेन‚’ उनले भने, ‘पार्टीमा बोल्दा कार्यन्वयन हुन नसकेपछि बाहिर बोल्न थालेको हुँ । म त्यही अडानमा यथावत छु ।’ मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.