Bedkot Samudayik Ban

बेलडाँडीका समाजसेवी धनसिह महरा सम्मानित

Sana Kishan
Total
62
Shares

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी समाजसेवी तथा पुराना कम्यूनिष्ट नेता धनसिह महरा(सिताराम) सम्मानित भएका छन । प्रगति एकता समाजले महरालाई नगद पुरस्कारका साथै सम्मान गरेको हो । प्रगति एकता समाजले मंगलबारदेखि आयोजना गरेको खुला भलिबल प्रतियोगिता उद्घाटन समारोहमा सम्मान गरेको छ । महराले बेलडाँडी गाँउपालिका १सिद्धचोक स्थित समाजको घर निर्माणका लागि जमिन दिएका थिए ।
प्रगति समाजले महराले बेलडाँडीको शैक्षिक, आर्थिक, समाजिक, खेलकुदका साथै समाजिक विकासका लागि उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान गरेको जनाएको छ । प्रगति एकता समाजका सचिव बिरेन्द्र कठायतले समाजवसेवी महराले समाजिक विकासका लागि गरेको योगदानको उच्च कदर गर्दै नगद ५१सय ५ रुपैया सहित दोसल्ला ओढाएर सम्मान गरेको बताए ।
महरालाई उनकै पुर्व राजनीतिक सहपाठी तथा बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापा, वडाध्यक्ष अम्मर खत्री, प्रगति एकता समाजका अध्यक्ष धनसिह महराले सम्मान गरेका छन । महराले बेलडाँडीको उच्च शिक्षा अर्थात रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस स्थापनार्थ समेत जमिन दिएका थिए । ग्रामिण क्षेत्रको विकास र समाजिक परिर्वतनका लागि महराले गरेको योगदान अतुलनिय भन्दै स्थानीयले समेत प्रसंसा गरेका छन । कार्यक्रममा बेलडाँडी गाँउपालिका १नम्बर वडाले प्रगति एकता समाजलाई विभिन्न खेलकुद समाग्री समेत हस्तान्तरण गरेको छ । वडाध्यक्ष अम्मर खत्री, गाँउपालिका प्रमुख धन ब. थापाले प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टलाई खेलकुद समाग्री हस्तान्तरण गरेका छन । बेलडाँडी गाँउपालिका १का वडासदस्य शंकर भट्टले वडामा खेलकुद विकासका लागि प्रगति एकता समाजलाई विभिन्न प्रकृतिका खेलकुद समाग्री दिएको बताए । मंगलबारदेखि प्रगति एकता समाजकै आयोजनामा बेलडाँडीमा खेलकुद प्रतियोगिता भईरहेको छ । बेलडाँडी पोस्ट बाट सभार

Arus

Karnali Traders
Total
62
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
62
Share