Bedkot Samudayik Ban

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने

Sana Kishan
Total
74
Shares

इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् ।

Arus

देब्रे खुट्टाको पिडुलोमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए ।

अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले विश्व कपको ट्रफी उचाल्नेमा ढुक्क रहेको बताएका छन् ।

इङ्ग्ल्यान्डका बेन स्टोक, साम कुरान, जोफ्रा आर्चर र टायमल मिल्स घाइते भएका कारण विश्व कप क्रिकेट गुमाइसकेका छन् । रोय खेल्न नसक्ने भएपछि इङ्ग्ल्यान्डलाई थप समस्या पर्ने देखिएको छ । इङ्ग्ल्यान्डले सेमिफाइनलमा भोलि बुधवार न्युजिल्यान्डसँग खेल्दैछ । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
74
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
74
Share