सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसरी बच्न सकिन्छ जाडोमा हाडजोर्नी समस्याबाट !!

जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धालाई सताउँछ । बाथका रोगीलाई पनि जाडोमा बढी समस्या देखापर्ने हाडजोर्नी विषेशज्ञहरूको भनाइ छ । जब चिसो बढ्छ, जोर्नीहरूको दुखाइ पनि बढ्छ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ । त्यसरी रगतका नशाहरू साँघुरिदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोगसमेत लाग्ने गर्छ ।

बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सीय भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । चिसोका कारण रगतका नलीहरू साँघुरिने गर्छन् । उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।

बाथमा देखिने समस्याः

World Link Ads
Mahakali Polytechnic

जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ भने कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन पनि सक्छ । पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ ।

Dirghayu Ads

–जोर्नीको दुखाइलाई सामान्य ठाने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा पुग्न पनि सकिन्छ ।

–जोर्नीसम्बन्धी हुने समस्यामध्ये कम्मर दुखाइ पनि बाथ हो । बाथकै कारण अपाङ्ग हुने समस्या समेत हुने अवस्था आउन सक्छ ।

–हाड खिइएका कारण पनि बाथको समस्या आउन सक्छ ।

–प्रेसर र क्यान्सरको औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ ।

विषेशज्ञ पौडेलका अनुसार जोर्नी तथा बाथका बिरामी तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी छन् । महिलाहरूमा जोर्नीमा समस्या आएसँगै हात खिइनेदेखि ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको छ ।

समाधानका उपायः

– हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन बिताउनुका साथै दैनिक ४०, ४५ मिनेट हिँड्ने ।

–नियमित व्यायाम गर्ने । यसले शारीरिक रूपमा सक्रिय भइ मांशपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।

Sana Kishan

–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानले हेरचाहमा सचेत हुनुपर्छ ।

–भाँडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

–एकाबिहानै र रातीको समयमा सकभर नुहाउनु हुन्न । लुगा धुने र भाँडा माझ्ने काम दिउँसो गरियो भने चिसो कम भएर जोर्नीले सताउँदैन ।

–स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा लगाउनुका साथै टोपी, मोजा लगाएर बाहिर निस्कने गर्नुपर्छ ।

–शरीर ढाक्ने तातो हुने कपडाहरू लगाउनुपर्छ ।

–गाउँघरमा भारी बोकेर उकाली ओराली गर्दा वा नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्दा पनि हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

–जाडोमा हाड जोर्नी समस्या हुन नदिन खानपानमा ध्यान दिनुपर्छ । जस्तो कि ः

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।

–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।

–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।

–हटब्यागको प्रयोग गर्ने, तेल तताएर बेलाबेलामा मसाज गरिरहनु पर्छ । माया श्रेष्ठले रातोपाटीमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.