सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसिसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले : केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।

एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाई र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एउटा झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिएका हुन्।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्ड दिएको छैन भन्नुहुन्छ। दुईमध्ये एउटाले झुट बोल्या जस्तो देखिएन? त्यस्तो झुट बोल्नु हुँदैन।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहो¥याए। उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशहरूले संविधानको पालना नगरेको आरोपसमेत लगाए।

Dirghayu Ads

अध्यक्ष ओलीले भने, ‘राजीनामा सबै दिनुपर्ने खालको हुनुहुन्छ। उहाँहरुले अदालतको मर्यादा कसैले पनि बचाउनुभएको छैन। संविधानको पालना कसैले गर्नु भएको छैन। संविधानको व्याख्यातासम्म हो अदालत। संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होईन। संविधानको व्याख्यासम्म गर्ने हो । व्याख्या गरेन उसले आफैं संविधानको अनेक धाराहरु सृजना ग¥यो।’ थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.