Bedkot Samudayik Ban

अभिभावक भएर यस्तो गल्ती त गर्नुभएको छैन नि ?

Sana Kishan
Total
64
Shares

वास्तविक अभिभावक उही हो‚ जसले आफ्ना सन्तानमा भएको समस्यालाई राम्रो गुणमा परिवर्तन गर्न सहयोग गर्छ । तर अहिले अभिभावकहरू महँगो कपडा किन्दिनु, खानेकुरा खुवाउनु, स्कुल तथा ट्युसन फीको बिल भरिदिनुलाई मात्र कर्तव्य पूरा गरेको भ्रममा बाँचेका हुन्छन् ।

Arus

अभिभावकहरू यो सांसारिक सुख दिने चिजहरू मात्र आफ्ना सन्तानलाई दिएको छु भन्ने पत्ता लगाउन असफल रहेको देखिन्छ । यस्ता कुराले बालबच्चामा झन् समस्या निम्त्याउँछ । त्यसैले आफ्ना सन्तानलाई सही शिक्षा दिन सकेको छ कि छैन भनेर अभिभावकले आत्मनिरीक्षण गर्ने बेला भएको छ । आफ्नो सन्तानको राम्रो गुणलाई आत्मसात् गर्दै उनीहरूलाई खुसी र सुखी जीवन बाच्न सहयोग गर्नु आमा–बुबाको मुख्य कर्तव्य पनि हो ।

खुसी अभिभावकले मात्र खुसी पुस्ता निर्माण गर्न सक्छन्
एक खुसी अभिभावक र दम्पतीले मात्र सन्तानलाई खुसी बनाएर एउटा खुसी र सुखी पुस्ता निर्माण गर्न सक्छ । त्यस्तै सन्तानको दिमागमा संस्कारको विकास गराउन अभिभावक र सन्तानहरूबिच सञ्चार हुनु अत्यावश्यक हुन्छ ।

त्यस्ता अभिभावक‚ जो आफू तनावमुक्त हुन्छन्‚ उनीहरूले मात्र आफ्नो सन्तानलाई तनावमुक्त जीवन दिएका हुन्छन् । त्यस्ता अभिभावकहरूले आफ्ना सन्तानहरूसँग सजिलैसँग सञ्चार गर्न सक्छन् । बच्चाहरू सधैँ तनावमा रहने अभिभावकसँग बोल्न, आफ्नो योजना‚ विचार‚ समस्या सेयर गर्न मन पराउँदैनन् । त्यसैले आफ्नो सन्तानलाई असल अभिभावकत्व दिन तनावमुक्त हुनु जरुरी छ ।

अभिभावक तनावमा रहने कारणहरू
सधैँ विगतमा बाँच्ने
यस्ता अभिभावक‚ जसको दिमाग सधैँ विगतमा जकडिएको हुन्छ‚ उसले कहिल्यै आफ्नो सन्तानसँग राम्रोसँग सञ्चार गर्न सक्दैन । बच्चाहरूले भने सजिलै आफ्नो विगत बिर्सिएर वर्तमानमा बाच्ने गर्छन्‚ त्यसैले उनीहरू सधैँ खुसी हुने गर्छन् । हामी सधैँ विगतमा भएका घटनाहरूलाई समेटेर त्यसले पु¥याउने बाधाहरूलाई र नमिठो अनुभवलाई बोकेर हिँड्ने गर्छौँ । त्यसैले जतिबेला हाम्रा बच्चाहरू हामीसँग कुरा गर्ने कोसिस गर्छन्, त्यतिबेला हामी उनीहरूको कुरा सुन्ने र बुझ्ने अवस्थामा हुँदैनौँ । यसले हामीलाई असल अभिभावक बन्न दिँदैन ।

नकारात्मक कुराकानी र दृष्टिकोण
नकारात्मक वाक्यहरू‚ जस्तैः ‘तिमीलाई केही थाहा छैन’, ‘तिम्रो केही काम छैन ।’ प्रयोग गर्दा बच्चाहरूलाई पीडा हुन्छ । शारीरिक चोटले दिएको पिडा निको हुन सक्छ‚ तर यस्ता वाक्यले पुगेको चोट र पिडा निको हुन गाह्रो हुन्छ । त्यसैले सन्तानहरूको अघि यस्ता शब्द र वाक्य प्रयोग गर्दा सकारात्मक हुने, सकारात्मक दृष्टिकोण राख्ने गर्नुपर्छ । हाम्रो कुराकानी बच्चालाई उत्प्रेरित गर्ने, प्रोत्साहन गर्ने हुनुपर्छ ।

बच्चाहरूको अघि आफ्नो गल्ती स्वीकार नगर्ने
हामीले आफ्नो गल्ती स्वीकार गर्दा यसले हाम्रो दिमागमा रहेको तनाव घटाउने काम गर्छ । यसले बच्चाको दिमागमा अभिभावकका लागि सम्मानको विकास गराउँछ । यसो गर्नाले उनीहरू पनि आमा–बुबाको सिको गर्न थाल्छन् । इमानदारीपूर्वक आफ्नो गल्ती स्वीकार गर्न सक्ने हुन्छन् । जब हामी आफ्नो गल्ती लुकाउँछौँ‚ हामी तनावपूर्ण स्थितिमा पुगिहाल्छौँ । अभिभावकको गल्तीलाई यस्तो अवस्थामा बच्चाहरूले समेत अनुभूति गरिसकेका हुन्छन् । त्यसैले गल्ती स्वीकार गर्न नसक्दा उनीहरूलाई लाग्छ‚ मेरो आमा–बुबा त आफ्नो गल्ती स्वीकार गर्न सक्नुहुन्न भने म किन गर्ने ? यसले अभिभावक र सन्तानको बिचमा सूक्ष्म दरारको विकास गराउँछ । त्यसैले आफ्नो गल्ती स्वीकार गर्नु अभिभावकका लागि अनिवार्यजस्तै हुन जान्छ ।

लगातार सन्तानको गल्ती खोज्ने प्रयास गर्नु
यदि अभिभावकले लगातार र एकोहोरो रूपमा सन्तानको गल्तीलाई मात्र खोज्ने काम ग¥यो भने अभिभावक आफैँ तनावमा पुग्छन् । त्यसको ठिक विपरीत उनीहरूको राम्रो गुण र ज्ञानहरू खोज्ने काम अभिभावकले नगरेको पाइन्छ । परिणाम स्वरूप बच्चाहरू आफूमा भएको दोषमा मात्र ध्यान दिने हुन्छन् । त्यसो गर्नुले बच्चालाई दुखी बनाउँछ । यदि अभिभावकले बच्चाको दोषमात्र नभई उनीहरूको गुणहरूबारे सोचेमा अभिभावक र बच्चाहरूलाई खुसी हुन मद्दत पुग्छ ।

बच्चासँग कुरा गर्दा आफ्नो सामाजिक प्रतिष्ठा सम्झनु
धेरै अभिभावकहरू आफूले समाजमा बनाएको प्रतिष्ठा, स्थानलाई जोगाउने गरी घरमा बच्चाहरूसँग कुरा गर्छन् । तर‚ अभिभावकले कहिल्यै पनि बच्चाहरूसँग कुराकानी गर्दा, व्यवहार गर्दा आफूले समाजमा कमाएको प्रतिष्ठा, स्थान हाबी हुनुहुँदैन । त्यसरी कुरा गरेमा अभिभावकहरू सधैँ तनावमा रहेर कुरा गर्छन्, र बच्चाहरू उनीहरूको कुरासँग सहमत हुन सक्दैनन् । अभिभावकले आफ्नो बच्चासँग कुरा गर्दा आफ्नो स्थान र प्रतिष्ठालाई समाजमा नै छाडेर सामान्य र प्राकृतिक तरिकाले कुरा गर्नुपर्छ । त्यसो गरेमा मात्र बच्चाहरू आफ्नो अभिभावकलाई आफ्नै नजिकको सम्झेर मायाले बोल्ने, आफ्नो कुरा राख्ने गर्न सक्छन् ।

Karnali Traders

औपचारिक ढङ्गले कुरा गर्नु
बच्चाहरूलाई पटक्कै मन पर्दैन‚ जब उनीहरूका अभिभावक उनीहरूसँग माया, प्रेम र सद्भावले कुरा गर्नुको साटो औपचारिक भएर बोल्छन् । अभिभावकले फेरि आफ्नो गल्ती स्वीकार गर्नुलाई औपचारिकता सोच्नु भने हुँदैन । यो सम्झनुपर्छ कि औपचारिकता राखेर कुरा गर्नुले तनाव सिर्जना गर्छ भने माया र प्रेमले कुरा गर्दा खुसी छर्न सकिन्छ ।

बच्चाहरूको आफ्नै सिद्धान्त हुन्छ भन्ने बिर्सनु
सन्तानहरूसँग कुरा गरिरहेको बेला बिर्सनु हुँदैन कि प्रत्येक बच्चाको आफ्नै सिद्धान्त हुन्छ । उनीहरूको त्यो ईश्वरीय सिद्धान्तलाई बोल्ने क्रममा सधैँ सम्मान गर्नुपर्छ । त्यसैले उनीहरूसँग कुरा गर्दा कोही व्यक्तिसँग कुराकानी गरिरहेको छु भन्दा पनि म एक ईश्वरीय सिद्धान्तसँग कुरा गरिरहेको छु भनेर सोच्नुपर्छ । यसो गर्दा तनावमुक्त हुन र असल अभिभावकत्व दिन सकिन्छ ।

राम्रोसँग व्याख्या नगर्नु
बच्चाहरूलाई केही कुरा सिकाउँदा सधैँ राम्रोसँग बुझाउने र सिकाउने गर्न सक्नुपर्छ । बच्चाहरूसँग कुरा गर्दा आफू पनि उनीहरू जस्तै भएर उनीहरूकै स्तरमा गएर कुरा गर्नुपर्छ । त्यसो गर्दा मात्र बच्चाहरूले अभिभावकलाई सम्मान गर्ने अभिभावकको कुरा सुन्ने गर्छन् । यदि बच्चाहरू उनीहरूको पहिलो स्तरमा रहेर कुरा गर्छन् भने आफू पनि त्यही स्तरमा पुगेर कुरा गर्न सक्नुपर्छ । यदि मनमा इगो राखेर उनीहरूको स्तरमा पुग्न सकिएन भने अभिभावकका लागि उनीहरूका मनमा कुनै सम्मान बाँकी रहँदैन । उनीहरू अभिभावकको कुरै नसुन्ने हुन्छन् । यसले मस्तिष्कमा तनावपूर्ण स्थिति सिर्जना गर्छ । यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्न बच्चाहरूकै स्तरमा पुगेर उनीहरूसँग सञ्चार गर्नु जरुरी हुन्छ ।

बच्चाहरूसँग सञ्चार नगर्नु
बच्चाहरूले भोगिरहेको समस्या सुन्नका लागि कसैलाई फुर्सद हुँदैन । अभिभावकहरू आफ्नै काममा व्यस्त हुने गरेका छन्, शिक्षकहरूलाई पाठ सक्नेमात्र धुन हुन्छ । यसको नतिजाले बालबालिकामा द्विविधा सिर्जना गर्छ । यसले गर्दा अभिभावकले भने आफ्नो सन्तानबाट प्राप्त हुने सम्मान गुमाउँदै जान्छ ।

अनि फेरि अभिभावकचाहिँ बच्चाले भनेको टेरेन, सुनेन भनेर तनावको स्थितिमा पुग्छन् । त्यसैले घरमा सबै जनासँग जस्तै कम्तीमा पनि १५ मिनेट आफ्ना बच्चाहरूसँग पनि कुराकानी गर्ने, सञ्चार गर्ने, कुरा सुन्ने गर्नुपर्छ । यसले तनाव न्यूनीकरण गर्नुका साथै असल अभिभावक बन्न मद्दत गर्छ ।

उच्च अपेक्षा राख्नु
बच्चाहरूलाई अभिभावकले उच्च अपेक्षा राखेर उनीहरूसँग कुराकानी गरेको पटक्कै मन पर्दैन । बच्चाहरूमा अहङ्कार कम हुने भएकाले उनीहरू उच्च अपेक्षा राखेको सजिलैसँग बुझ्छन् । त्यसैले हरेक अभिभावकले आफ्नो सन्तानलाई कुनै अपेक्षा नराखी हुर्काउने र संरक्षण गर्ने गर्नुपर्छ । केही अपेक्षा नराखी प्रेम गर्न सम्भव हुन्छ । मेरो सन्तानले मलाई बुढेसकालमा पाल्छ, हेरचाह गर्छ, समाजमा स्थापित आफ्नो प्रतिष्ठालाई जोगाउँछ भन्ने अपेक्षा राख्नु हुँदैन । भोलि जे भएपनि सामना गर्छु‚ तर आज राम्रोसँग बच्चा हुर्काउँछु भन्दै असल अभिभावकत्व दिन सफल हुनुपर्दछ । मकालु खबर बाट सभार

 

Total
64
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
64
Share