सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

तिहार बिदापछि खुलेको पहिलो दिन शेयर बजार घट्यो

98
Sana Kishan

तिहारको बिदापछि खुलेको पहिलो दिन शेयर बजार आज सोमवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २० अङ्कले घटेर दुई हजार आठ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज फाइनान्स, म्युचल फन्ड र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । यस्तै बीमा, विकास बैंक र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले घटेको छ ।

Arus
Karnali Traders

आज दुई सय ३० कम्पनीका ७२ लाख सात हजार कित्ता शेयर चार अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५२ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

Nepali Khaja

आज सर्पोट माइक्रोफानान्सको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आईसीएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  80  =  85