

दार्चुला – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही गाउँपालिका–२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका महरकोे लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

