

डडेल्धुरा – जिल्लामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका ५ मा २३ वर्षीया रुपा चुनारा मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार उनी आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएकी छन्। सोमबार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ।


मृतक महिलाको माइत बैतडी हो। उनका माइती पक्ष आइरहेको जनाउदै अहिले शव प्रहरीको सुरक्षामा रहेको बताइएको छ। गोदावरी न्युज बाट सभार

