सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश

116
Sana Kishan

युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

Arus

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

Nepali Khaja

स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक÷एक विकेट लिएका थिए ।

Karnali Traders

पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै रहेको छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ ।

भारत र नामिबियाको अन्तिक खेल आज हुँदैछ ।

सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्नेछ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  31  =  34