Bedkot Samudayik Ban

तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु

Sana Kishan
Total
86
Shares

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।

Arus

पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ।

यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिनुभयो । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ ।

छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिवारको दिन वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत ठाउँमा पनि छठ मनाउन छठ घाट अर्थात पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ ।

छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात कात्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाइ शुद्ध बस्ने व्रत विधि छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । व्रतालुले छठको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष आउँदो बुधवार यस पर्वको मुख्य दिन परेको छ ।

Karnali Traders

भोलिपल्ट अर्थात कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाण्डौ लगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ ।

विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । छठका अवसरमा आउँदो बुधवार सार्वजनिक बिदा दिइएको छ । उपहार खबर बाट सभार

Total
86
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
86
Share