Bedkot Samudayik Ban

के गर्ने कब्जियतबाट बच्न ?

Sana Kishan
Total
2
Shares

विशेषज्ञ तथा पोषकविद्हरुले स्वस्थ रहनका लागि पाचन प्रणाली सन्तुलित हुन आवश्यक भएको बताएका छन् । त्यसैले पाचन प्रणालीलाई सही राख्न के–के गर्ने विषयमा विशेषज्ञका सल्लाह के छ त ?

Arus

विशेषज्ञका अनुसार दिउँसोको खानामा घ्यु र गुड मिसाएर खाँदा पाचन प्रणाली सही हुन्छ । घ्यु र गुडको समिश्रण पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने सही उपाय हो ।

यसको मिश्रणले कब्जियतको समस्या हुँदैन । यसले शरीरमा एन्जाइमोलाई सक्रिय बनाउँछ ।

यसैगरी, बिहान नास्तामा केरा खाँदा पाचन प्रक्रिया सन्तुलित रहन्छ । यसमा हुने कार्बोहाइड्रेट सजिल्यै टुक्रिन्छ र पाचन शक्तिलाई बढाउँछ । यसले शरीरमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा पनि राख्छ ।

यस्तै, दही पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दहीमा राम्रो ब्याक्टेरिया हुन्छ जसले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ । दिउँसोको खानामा दही खाँदा पाचन क्रिया सही रहन्छ । दहीसँगै किसमिस पनि मिसाएर खान सकिन्छ ।

त्यस्तै, नियमित रुपमा व्यायाम, योग, पर्याप्त पानी, पर्याप्त निन्द्रा जस्ता कुराले पाचन प्रक्रियालाई तन्दुरुस्त राख्न मद्दत गर्छ । विशेषज्ञका अनुसार हरेक एक घण्टामा पानी पिउन आवश्यक छ ।

Karnali Traders

फिट रहनका लागि हामी दैनिक आहारमा फ्याट जस्ता घ्यु, मक्खन, दुध आदिको सेवन गर्छौ । विशेषज्ञले यसको नियमित सेवनले शरीरलाई फाइदा पुग्छ । नियमित रुपमा घ्यु, नरिवल, बदाम जस्ता खानेकुराको सेवन गर्नुपर्छ ।

यदि सही भोजनपछि पनि कब्जियतको समस्या आएमा खानेकुराको अनुपात मिलाउन आवश्यक हुन्छ । चामलको भात खानेहरुले भातको मात्रा घटाएर दालको मात्रा बढाउनुपर्छ ।

यस्तै, कफी र चियाको सेवन अत्यधिक गर्नुहुँदैन । एक दिनमा ३ कपभन्दा बढी चिया वा कफी पिउनु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । रातोपाटी बाट सभार

 

 

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share