सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन्दर र बेदाग अनुहारका लागि ‘ब्लु टी’

प्रायः व्यक्तिहरु बिहान तातो चिया पिउने गर्छन् । बिहान कालो चिया र ग्रिन टि पिउनु फाइदाजनक मानिन्छ । कालो चियाले पेटका रोगहरु कम गराउन मद्दत गर्छ भने ग्रिन टिले तौल कम गर्न मद्दत गर्छ ।

कालो चिया र ग्रिन टि मात्र होइन शरीरका लागि ब्लु टि पनि उत्तिकै फाइदाजनक छ । ब्लु टिको बारेमा चर्चा कम हुने गर्छ । तर यसको फाइदा पनि कालो चिया र ग्रिन टि जति नै हुन्छ ।

ब्लु टिको रंग निलो हुन्छ । यो चिया अपराजिता फूल (द्यगततभचाथि उभब ायिधभच) बाट बन्छ । यो चियालाई बटरफ्लाई टि पनि भनिन्छ ।

World Link Ads
Mahakali Polytechnic

फाइदाहरुः
ब्लु टिको सेवन शरीरलाई डिटोक्स गर्नका लागि गरिन्छ । शरीरमा भएका अनावश्यक तत्त्वहरुलाई बाहिर निकाल्न यो चिया फाइदाजनक मानिन्छ । यसले शरीरको रगत पनि सफा हुन्छ । यसले अनुहारको दागधब्बा हटाउन पनि मद्दत गर्छ ।

Sana Kishan

यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । र, रोगहरु लाग्नबाट बचाउँछ ।

यो चियाले टाउको दुखाई कम गर्न मद्दत गर्छ । टाउको दुख्ने समस्या भएकाले यसको सेवन गर्दा टाउको दुख्ने समस्या कम हुन्छ । यसका साथै, यसले माइग्रेनको समस्यामा पनि गुणकारी मानिन्छ ।

यो चिया पिउँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसले चिनीको मात्रा बढ्न रोक्छ । यो फूलको चिया मधुमेहका रोगीले पिउन आवश्यक छ ।

ब्लु टि पिउँदा अनुहारमा ग्लो आउँछ । अनुहारको छालामा निखार आउँछ । यसका साथै, अनुहारको दाग धब्बा पनि हटाउँछ ।

कसरी बनाउने ?
यसका लागि अपराजिताका निला फिूलहरु जम्मा गर्ने र त्यसमा पानी, चिनी, कागती आवश्यकताअनुसार हाल्ने । एक कप पानी उमाल्ने र त्यस पानीमा फूल हाल्ने । पानीको रंग निलो भएपछि पानीलाई निचोरेर निकाल्ने र त्यसमा कागतीको थोपा हाल्ने । यसमा नुन पनि हालेर पिउन सकिन्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.