सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओलीलाई बाबुरामको जवाफ : उडन्ते कुरा नगर्नुस्, प्रमाणित गरेर देखाउनुस्

नता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनयुद्धका बेला नेता भट्टराईले छोरीलाई कसरी बेलायत पढ्न पठाए होलान् भनेर प्रश्न उठाउनुभएको थियो । त्यही प्रश्नको जवाफ दिँदै भट्टराईले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको हो ।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

के भन्नुभएको थियो ओलीले ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासपोर्ट पाउन, सबै चिज पाउन । कसैको पासपोर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइ दिनुस् त ? तपाईँका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम दुई÷चार, पाँच लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ?’  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.