सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाबुरामलाई ओलीको प्रश्नः छोरीलाई बेलायत पढाउने खर्च कहाँबाट आयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूले बोलेको कुरालाई तोडमोड गरेको भन्दै गुनासो गरेका छन् ।

आइतबार कर्णाली प्रदेश सम्पर्क कमिटी गरेको देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माधव नेपाललाई लक्षित गर्दै बोलेको कुरालाई टेलिभिजनहरुले तोडमोड गरेको बताएका हुन् ।

‘मैले एक ठाउँ बोलेको थिएँ, एकजना नेताले पद नभइ भएन भन्छन् । मैले एकजनाले पद नभइ हुँदैन भनेको कुरालाई टेलिभिजनले ‘पद नभइ हुँदैन’ भनेको मात्रै क्लिप देखाउँछन् । मलाई त पद नभइ बस्नै सक्दिनँ भनेर भाइरल बनाउँछन्। यसरी भ्रम फिँजाउँछन् । टिभी र टिकटकमा पनि हालेछन्,’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारविरुद्ध प्रचार युद्ध चलाइएको बताएका छन् ।

Dirghayu Ads
Sana Kishan

‘अहिले ठीक मानिस र सरकारविरुद्ध भ्रम फैल्याउँछन्। एमाले सरकारविरुद्ध प्रचार युद्ध चलाए। प्रचार हमला गराए’, उनले भने, ‘हामीले दुई चार अर्ब करोड खर्च गरेर चलाउन सक्दैनौँ । तिनीहरुको आवाज सुन्नुस् त तिनीहरुलाई कसले चलाएको हो ? टेलिभिजन सुन्नुस् त्यसको आवाजले नै कसका लागि चलाएको भन्छ ।’

साथै अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आयस्रोतमाथि प्रश्न उठाएका छन् ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’ काठमाण्डुपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.