

कैलाली – जिल्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ सिमली खोलाको जङ्गलमा एक पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका ४ जनकपुर घर भएका अन्दाजी ५०÷५५ वर्षीय पदम आचार्य मृत अवस्थामा फेला परेका हुन्।


घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर बोहराले जानकारी दिएका छन् । गोदावरी न्युज बाट सभार

