सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वास्थ्यलाई गम्भीर असर पार्ने १० खानेकुराहरु !!

पोषक तत्व हाम्रो शरीरको विकासका लागि अत्यावश्यक चिज हो । जन्मदेखि वृद्धावस्थासम्म शरीर सञ्चालनका लागि पोषक तत्वको आवश्यकता पर्छ ।

मानिसहरु प्रायः खानेकुरा खाँदा कुन स्वस्थकर र कुन अस्वस्थकर भन्ने छुट्याउँन सक्दैनन् जसले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरु खानेकुराबाट नै पैदा हुन्छ ।

स्वादका लागि खाने धेरै प्रकारका खानेकुराले शरीरको तौल बढाउने र अन्य विभिन्न प्रकारका समस्याहरु पनि पैदा गर्छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्ता केही खानेकुराहरुको सेवन गर्नुअघि एकपटक सोच्नैपर्ने हुन्छ । यस्ता खानेकुराले शरीरका अनावश्यक रोगहरु पैदा गराउँछ ।

सेतो ब्रेड
सेतो ब्रेड मैदाबाट बनेको हुन्छ । यसमा फाइबर र पोषक तत्व हुँदैन । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्छ । यसको सट्टामा गहुँको पिठोबाट बनेको रोटी खानु उपयुक्त हुन्छ ।

क्यान्डी बार
चिनी, मैदा र फ्याबाट बनेको क्यान्डी शरीरका लागि अस्वस्थकर मानिन्छ । स्वादमा मिठो भएपनि यसले शरीरको तौल बढाउँछ । साथै, अन्य स्वास्थ्य सम्बन्धी समस्याहरु पैदा गर्छ । यसको सट्टामा फलफूल वा डार्क चकलेट खान सकिन्छ ।

आइसक्रिम
आइसक्रिय स्वादिष्ट हुन्छ । यसमा क्यालोरीको मात्रा भरपुर हुन्छ । त्यसैले आइसक्रिमको सौखिन व्यक्तिले घरमा नै कम चिनी प्रयोग गरेर बनाउन सक्छन् ।

Sana Kishan

गुलियो पेयपदार्थ
कोल्ड ड्रिंक, मकटेल वा कफि जस्ता पेयपदार्थमा चिनीको मात्रा अत्यधिक पाइन्छ । यसले शरीरमा मोटोपन बढाउँछ । मोटोपनका साथै मधुमेहको टाइप–२ को पनि खतरा बढाउँछ । त्यसैले यसको सट्टामा कागती पानी, सोडा वा कम चिनी भएको चिया पिउन सकिन्छ ।

फ्रेच फ्राइ र आलु चिप्स
आलुबाट बनेका यस्ता परिकारमा अत्यधिक मात्रामा क्यालोरी पाइन्छ । अनुसन्धानकर्ताका अनुसार यसले तौल बढाउँछ । यसमा एक्रिलामाइड्सको भारी मात्रा हुन्छ जसलाई कार्सिनोजेनिक पदार्थ पनि भनिन्छ । आलुका यस्ता परिकार खानुभन्दा उसिनेर खान सकिन्छ ।

फ्राइ, ग्रिल र ब्रोइलिङ
खानेकुरालाई फ्राइ गरेर, ग्रिल गरेर र ब्रोइलिङ गरेर खानु स्वास्थ्यलाईृ निकै खतरनाक हुन्छ । यसमा एक्रिलामाइड्स, एक्रोलिन, हेटरोसाइक्लिक एमाइन, अक्सिस्टेरोल, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन (पीएएच) र एडभान्स ग्लाइकेशन एण्ड प्रोडक्ट्स आदि तत्वहरु हुन्छ । यसले मुटु रोग बढाउँछ । त्यसैले खानेकुरालाई धेरै तापमा पकाएर खानु हुँदैन ।

फ्रुट जुस
फलफूलको जुुसमा एन्टिअक्सिडेन्ट र भिटामिन केको साथसाथै चिनीको मात्रा धेरै हुन्छ । केही फलफूलको जुसमा कोक वा पेप्सीको जत्तिकै चिनी हुन्छ । अनार र ब्लुबेरीको जुसमा चिनीको मात्रा धेरै हुन्छ तर पनि यसका जुस स्वास्थ्यलाई लागि फाइदाजनक हुन्छ ।

प्रोसेस्ड मिट
अनप्रोसेस्ड मासु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर प्रोसेस्ड मासु हानिकारक हुन्छ । अध्ययनका अनुसार जो व्यक्ति प्रोसेस्ड मासुको सेवन गर्छन् ति व्यक्तिहरुमा कोलनको क्यान्सर, मधुमेह टाइप–२, हृदय रोग जस्ता रोगहरु लाग्छ ।

पेस्ट्री, कुकिज र केक
पेस्ट्री, कुकिज र केकको सेवन गर्दा शरीरलाई नोक्सान पुग्छ । यसमा चिनी, मैदा र फ्याटको मात्रा धेरै हुन्छ । स्वादिष्ट भएपनि यी खानेकुरामा पोषक तत्व पाइदैन ।

पिज्जा
पिज्जा संसारकै सबैभन्दा धेरै मन पराइने खानेकुरा हो । यसले शरीरलाई फाइदा गर्दैन । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.