Bedkot Samudayik Ban

दार्चुला प्रहरीद्धारा भारतबाट नेपाल भित्रिदै गरेका अवैध पटाका बरामद

Sana Kishan
Total
66
Shares

दार्चुला – तिहारको समयमा भारतबाट नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहतका युनिटहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र स्थानहरुबाट पटाका बरामद गरेका हुन् ।

Arus

भारतबाट लुकाइ छिपाइ नेपाल भित्रिरहेका अवैध पटाका प्रहरीले बरामद गरि शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।उनका अनुसार टर्की पटाका ३५१ प्याकेट, पप बम पटाका ७३ बण्डल, हाईड्रो बम पटाका ५३ थान, सुतली बम पटाका ४३ थान, लिडर क्रेकर बम पटाका ५१ थान, साउण्ड बम पटाका २४ थान, कर्कोडायल पटाका २३ थान र ¥याम्बो बम पटाका २८ थान बरामद गरि नष्ट गरिएको छ ।

सरकारले पटकाजन्य सामग्रीहरु आयातमा प्रतिबन्ध गरेपछि नेपाल प्रहरीले पनि तिहारमा पटाका बिक्रीवितरण तथा ओसारपसारमा कडाइ गरेको छ। गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
66
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
66
Share