सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टमाटरमा डढुवा रोग लागेपछि बैतडी जिल्लाका किसान चिन्तित

बैतडी – बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका किसान टमाटर खेतीमा डढुवा रोग लागेपछि चिन्तित बनेका छन् । पहिलो पटक पोली हाउसमा टमाटर खेती गरेको भएपनि डढुवा रोगका कारण सबै सखाप भएको स्थानीय किशोर कार्कीले बताए । उनले भने ‘हामीले यो बर्ष सहकारी संस्था मार्फत पोली हाउस र बीउ अनुदानमा पाएका थियौं । पहिला राम्रै थियो । तर अहिले डढुवा रोग लागेर टमाटर खेती सखाप भएको छ ।’

पच्कोराका ५० परिवार किसानलाई व्यवसायिक तरकारी खेतीमा आकर्षण गराउनका लागि नगरपालिकाको सहयोगमा कृषि सहकारी संस्थाले पोली हाउस र बीउ वितरण गरेको थियो । पोली हाउसभित्र लगाएको सबै टमाटरमा डढुवा रोग लागेर सखाप भएको स्थानीय किसान इन्द्र कार्कीले बताए । उनले भने ‘हामीले पोली हाउसमा मिहनेत गरेर तरकारी खेती गरेका थियौं । तर डढुवाका कारण हामीले टमाटरमा क्षति बेहोरेका छौं ।’

Sana Kishan

तापक्रम लगायतका कुराहरु नमिल्दा टमाटर डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । पातमा मात्रै लागेको भए यसलाई नियन्त्रण गर्न सकिने भएपनि फलमा लागेको भए नियन्त्रण गर्न गाह्रो उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

डढुवा रोग लागेको ठाउँमा कपर अप्सी क्लोराइड नामक बिषादी प्रयोग गर्न सकिने कृषि प्रसार अधिकृत चन्दले बताए । उनले भने ‘अहिले चिसोको समयमा यसको प्रकोप बढी देखिन सक्छ । त्यसैले यो रोग लागेको बोटहरुको पात उखेलेर फाल्नुपर्ने हुन्छ ।’ सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.