Bedkot Samudayik Ban

चाडपर्वलाई मितव्ययी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह

Sana Kishan
Total
38
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गरेका छन्।

Arus

तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको उल्लेख गरेका छन्। तिहारको अभिन्न अंगको रुपमा रहेको देउसी÷भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको अध्यक्ष उनको भनाइ छ।

अध्यक्ष ओलीले सरकारको नेतृत्वमा रहँदा एमालेले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन्। उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न नयाँ संविधान अनुरुपमा संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई ननिर्माणको चरणमा प्रवेश गराएको उल्लेख गरेका छन्। थाहा खबर बाट सभार

Karnali Traders

 

Total
38
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
38
Share