सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत र न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना रोचक

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले फेरि एकपटक खोजेको जस्तै जित हात पारेको छ । सुरूवाती दुई खेलमा फराकिलो हार भोगेर अप्ठ्यारो अवस्थामा पुगेको भारतले पछिल्ला दुई खेलमा प्रभावशाली जित निकाल्दै सेमिफाइनल होडमा कायमै रहेको छ । शुक्रबारको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले हराएको हो ।

शुक्रबार दुबईमा भएको खेलमा भारतले टस जितेर पहिले फिल्डीङ गर्दै स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमै समेट्यो । ८६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ८१ बल बाँकी हुँदै पुरा ग¥यो । जितपछि भारत अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

सामान्य लक्ष्य पछ्याउने क्रममा केएल राहुलले विस्फोटक इनिङ खेले । उनले १९ बलमा ५० रन बनाए । त्यस्तै रोहित शर्माले १६ बलमा ३० रन बनाउँदा विराट कोहली २ तथा सुर्यकुमार यादव ६ रनमा अविजित रहे ।

World Link Ads
Mahakali Polytechnic

त्यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डका जर्जी मुन्सेले २४ र मिचेल लेक्सले २१ रन बनाए । भारतका लागि मोहमद सामी र रविन्द्र जडेजाले ३–३, जसप्रित बुमराहले २ र रविचन्द्रन आश्विन १ विकेट लिए ।

न्युजिल्यान्ड सेमिफाइनलतर्फ

Sana Kishan

न्युजिल्यान्डले शुक्रबार नै भएको खेलमा नामिबियालाई ५२ रनले पराजित गरेसँगै अब समुह २ को सेमिफाइनल टुंगो अन्तिम खेलले लगाउने पक्का छ । यस्तोमा भारतले नामिबियासँग र न्युजिल्यान्डले अफगानिस्तानसँग खेल्नेछन् ।

अफगानिस्तानलाई हराए न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउने छ भने अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा र अर्को खेलमा भारतले नामिबियालाई फराकिलो अन्तरले पराजित गरेमा भारत सेमिफाइनल पुग्नेछ ।

यद्धपि भारतका लागि भने न्युजिल्यान्डले अफगानिस्तानसँग पराजित भए र आफुले नामिबियालाई फराकिलो अन्तरले हराए मात्र सेमिफाइनल आस बाँकी रहने छ । भारत नामिबियासँग पराजित भए र न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराए अफगानिस्तानको पनि सेमिफाइलन प्रवेश गर्न सक्नेछ ।

यो समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.