Bedkot Samudayik Ban

मासुको प्रयोग कसरी गर्ने ?

Sana Kishan
Total
62
Shares

चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्य समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने खाने कुरातर्फ ध्यान नदिँदा सन्तुलित भोजन हुँदैन । शरीरलाई चाहिनेभन्दा बढी मासु खाँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

Arus

धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट हुन्छ । भात, रोटीसँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि आँखा अघाएनन् भन्दै जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा असर गर्छ । जिब्रोको स्वादका आधारमा थपीथपी मासुका धेरै परिकार तथा अन्य खानाकुरा खाँदा सर्ने, नसर्ने रोगहरु बढ्दै गइरहेका छन् ।

पर्वका बेला कहिलेकाहीँ अपवादका रुपमा धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ । पेट अटस मटस हुनेगरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तन सक्छ । मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रुपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ ।

सन्तुलित भोजन हाम्रो जीवनशैली बन्नुपर्छ । पूर्वीय संस्कृतिअनुसार पेटलाई आराम दिनका लागि होला, साताको एक पटक व्रत बस्ने चलन छ । अहिले इन्टरमिडियट फास्टिङ १६ घण्टासम्म नखाने प्रचलन बढेको छ । व्रत बस्ने चलन त पूर्वीय संस्कृतिमा पहिल्यैदेखि थियो । धार्मिक मानिसहरुले दसैँभरि नै अर्थात नवरथ अवधिमा एकछाक मात्रै खाने गर्छन् । यसरी अन्य समयमा पनि व्रत बस्ने बानीले स्वास्थ्यलाई ठूलो सहयोग गर्छ ।

मासुको प्रयोग कसरी गर्ने ?

पहिला–पहिला मासु खानका लागि चाडपर्व नै कुर्नुपर्थ्यो । मलाई याद छ, आजभन्दा ४४–४५ वर्षअघि दसैँमा मासुभात, मासु चिउरा, मिठाइ खान पाइन्छ भनेर लोभ लाग्यो । दसैँका बेलामा मात्रै मज्जाले खान पाइन्थ्यो । अरुबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दसैँका बेला सबैजना मिलेर भेडाच्याङग्रा, खसीबोका, राँगाभैँसी, कुखुरा, हाँस किनेर खाने चलन थियो । अहिले दसैँ–तिहार जस्ता चाडपर्वमा बाहेक अन्य समयमा पनि मासु खानेहरु बढी नै छन् ।

मासुबाट आउने विशेष किसिमका तत्वहरुले शरीरको रगत बढाउँछ । तर, मासुमात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ । शरीरलाई चाहिने प्रोटिन तत्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ । चाडबाडका नाममा अन्य खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिक एसिड, अत्याधिक मोटोपन, ग्यासट्रिक भएकाहरुलाई झन समस्या पर्छ ।

कोरोना महामारीका बेला धेरै मानिसहरुले रोगसँग लडनका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर मासुलाई नै प्राथमिकता दिएको पाइन्छ । मासुमा प्रोटिन हुन्छ । तर, यसमा अन्यखालका खानेकुराहरु पनि समावेश गर्नुपर्छ । शाहाकारी व्यक्तिले पनि पर्याप्त मात्रामा मासु बाहेकका अन्य खानेकुराबाट पनि प्रोटिन प्राप्त गर्न सक्छन् ।

मासु खाँदा तौलका आधारमा खानुपर्छ । जस्तै– ५० केजी तौल भएको मानिसलाई ५० देखि ५२ ग्रामको प्रोटिन आवश्यक पर्ने हुँदा त्यही आधारमा मासु खाँदा राम्रो हुन्छ । प्रोटिन मासुबाट मात्रै पाइन्छ भन्ने हुँदैन । गेडागुडी, दाल, कोदो, फापर, चामल, चिउरा सबैमा अलिअलि प्रोटिन हुन्छ ।

फ्रिजको मासु र सुकुटी

विदेशतिर मासु काटेर डिप फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन् । हामीकहाँ चाहिँ धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटि तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ । यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाँदै फेरि फ्रिजमा राख्दा मासुमा भएको पौष्टिक तत्व र गुणत्मकता घट्छ ।

Karnali Traders

डिप फ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यतिमात्रै निकालेर पकाउने गर्नुपर्छ । जुनसुकै खानेकुराहरु फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ । सेलरोटी, पुरी लगायत कुनै–कुनै खानेकुरा अलि लामो समयसम्म रहन सक्छ ।

फ्रिज नहुने गाउँघरमा मासुलाई सुकुटी बनाउने चलन छ । मासुमा पानी नै नराखी भुटेर लामो समयसम्म राख्ने पनि चलन हुन्छ । यसरी तीन–चार दिनसम्म त रहन्छ । काँचो मासुलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा गन्हाउने, अर्कै स्वाद आउने भएको छ भने पटक्कै खान हुँदैन । त्यस्तो मासुबाट गन्ध आउन थालेपछि खाएमा स्वास्थ्यमा नराम्रो असर पार्छ ।

हामी किरा परेको चामल, दाल खादैँनौँ, त्यसैले मासु पनि गन्ध आउने, माखाहरु भन्केको खान हुँदैन । त्यस्तो खालको मासु खाँदा ‘फुड पोइजनिङ’ हुन्छ । मासु सकेसम्म ताजै खानुपर्छ । दुई–तीन दिनसम्म राख्ने हो भने सुरक्षित तरिकाले भण्डारण गरेर, पकाएर खानुपर्छ ।

शरीरको आवश्यकता अनुसार खानुपर्छ

मानिसको शरीरलाई प्रोटिन नभई हुँदैन । बढ्ने उमेरका बच्चा, वयस्क, सुत्केरी, गर्भवती, वृद्धवृद्धा सबैलाई प्रोटिन चाहिन्छ । तर, कोहीलाई बढी, कोहीलाई कम प्रोटिन चाहिन्छ । शारीरिक अभ्यास कम गर्ने, शरीरलाई चाहिनेभन्दा बढी खाने अनि पत्रु खानेकुरा खाँदा शरीर अस्वस्थ हुन्छ ।

अहिले नसर्ने रोगहरुको बिगबिगी बढेको छ । भारी बोक्ने, बढी शारीरिक काम गर्नेहरुले दालभात तरकारी, मासु लगायतका खाने कुरा मज्जासँग खान सक्छन् । तर, दिनभरि कम्प्युटरमा बसेर काम गर्नेहरुले कम खाना खानुपर्छ । उमेर बढ्दै गएपछि खानेकुराहरु कम खानुपर्छ । अर्थात, यस्तो बेला शरीरलाई कम क्यालोरी चाहिन्छ ।

शाहाकारीले पर्याप्त मात्रा दही, दूध, पनिर, च्याउ, तोफो, फापर, कोदो, गहुँको रोटी, ढिँडो, चिउरा आदि खानेकुरा मिलाएर खाएको खण्डमा शरीरलाई प्रोटिन प्राप्त गर्न सकिन्छ । चाडबाडमा च्याउका परिकार, पनिर, तोफो, थरिथरिका गेडागुडी बनाएर खान सकिन्छ ।

वर्तमान समयमा हाम्रो भान्साबाट दही, मही, कागतीपानी हराउँदै गएको छ । फेसनका रुपमा पछिल्लो समय कोक, फ्यान्टा लगायतका पेय पदार्थ पिउने चलन बढेको छ । यस्ताखालका पेय पदार्थ अघि–पछि पनि पिउन हुँदैन । झन मासुसँगै त पिउनै हुँदैन । यस्तो पेय पदार्थले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । रातोपाटी बाट सभार

 

Total
62
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
62
Share