सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आत्मशुद्धि गर्ने म्ह पूजा यसरी मनाइँदैछ !!

तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्ह पूजा मनाउँदैछन् । आफ्नो आत्मालाई चिनेर आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्ह पूजा मनाउने गर्छन् ।

म्ह पूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्ह पूजाको तयारी गर्छन् । साँझ मनाइने म्ह पूजाका लागि सुरूमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ । पानीको मण्डल बनाई त्यसको माथि तेलको मण्डल र तेलको माथि भुइसिन ृसन्तला रङे को मण्डल बनाइन्छ । अनि चामलको पिठोको मण्डल बनाई त्यसलाई कालो भटमास, आख्य ृधानको बोक्रा निकालेर तयार गरेको कालो चामले, लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ । त्यसको माथि खेलुइता ृटुप्पीदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडो को बत्ती राखिन्छ ।

घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डल अगाडि पारेर बस्छन् । मण्डलमा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा ृकाँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको मालो, फूलको माला र सयपत्री फूल राखिन्छ ।

World Link Ads
Mahakali Polytechnic

म्ह पूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलमा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरू गरिन्छ । यो पूजा घरको नकी ृमूली महिलो ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी ृचामलको रोटीे, पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलमा जाने गरी  कूल ृकाठको पाठीे ले खन्याई म्ह पूजा गरिन्छ । म्ह पूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ ।

म्ह पूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं ृअन्डा सगुने लिने परम्परा छ। नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन छ। खेःसगं दिँदा अन्डा, माछा, बारा र मदिरा दिइन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ ।

म्ह पूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास छ। साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ । म्ह पूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन् ।

सामान्यतयाः समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्ह पूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए । ‘मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन । यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् । यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ’, उनले भने, ‘आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं ।’

Sana Kishan

म्ह पूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ । ‘हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको छ,’ उनले भनेका छन् ।

इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्नसक्छु, संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्ह पूजा रहेको बताए ।

‘म्ह पूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा पर्छ जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्ह पूजा हो,’ उनले भनेका छन् ।

प्राडा श्रेष्ठले अगाडि भने, ‘म्ह पूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटा लगायत पूजा गरी म्ह पूजा पर्व मनाइन्छ ।’

यसै दिन पारेर नेवारले नयाँ सम्बतसमेत मनाउँछन्। म्ह पूजाको दिन शंखधर साख्वास्ले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको भनाइ छ। म्ह पूजाकै अवसर पारेर शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्बत सुरू भएको कथन पाइन्छ । एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एक जना प्रख्यात ज्योतिषीले शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । त्यसैनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रूपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन् ।

ती भरियाहरू बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शंका गरे । ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारी आफ्नो घरमा खन्याउन लगाए र भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर त्यो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाए । त्यसैको खुसियालीमा आज पनि म्ह पूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो । कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरूआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.