सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तिहारमा घरमै यसरी बनाउन सकिन्छ स्वादिलो जेरी, यस्तो छ विधि !!

सोमबारबाट नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार सुरु भएको छ। जुन पर्वमा सेल रोटीसँगै मिष्ठान्न परिकार बनाएर भाईलाई खुवाउने परम्परा पनि बढ्दै गएको छ।

यहि समयमा तपाईहरु आफ्ना आफन्तलाई पसलका बासी र सडेगलेका मिठाईहरु खुवाउनु भन्दा आफ्नै घरमा ताजा र स्वादिष्ठ मिठाई बनाएर खान सक्नुहुनेछ।

नेपाली परिकारमा मिठाइहरुलाई महत्व दिइन्छ। मिठाइहरु मध्ये जेरी (जलेबी) धेरैले मन पराउने परिकार हो । जेरी खाँदा जति मिठो छ, बनाउनको लागि त्यति नै सजिलो छ।

World Link Ads
Mahakali Polytechnic

आवश्यक सामग्री :

Sana Kishan

चिनी, मैदा, बेकिंग पाउडर
बेसार वा फुड कलर, तेल, दही

विधि :

एउटा भाँडोमा पानी राख्नुहोस् र त्यसमा चिनी राखेर उमाल्नुहोस् । चिनी पानी बाक्लो हुनेगरि उमाल्नुहोस् ।
अब एउटा भाँडोमा मैदा, बेकिंग पाउडर, दही राख्नुहोस र त्यसमा पानी राखेर मुछ्नुहोस् ।
जेरीमा रंग आओस भन्नका लागि फुड कलर वा थोरै मात्र बेसर राख्नुहोस्।
कराईमा तेल वा घ्यु बसाल्नुहोस् ।

अब तेलको खाली प्याकेटको बन्द भागतिर प्वाल पार्नुहोस्।
त्यो कागजमा मुछेको पिठो भर्नुहोस् र सानो प्वाल तिर बाट जेरी बनाउन थाल्नुहोस्।
जेरी पाकेपछि त्यसलाई चिनी पानीमा डुबाउनुहोस् । नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.