सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको हाटमा विद्युत विस्तार

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा विद्युत विस्तार भएको छ । पुर्चौंडी नगरपालिकाको वडा नं १ को हाट, खडीखेत, डाँडाकोट, दाडीमबाटा, वसन्तपुर लगायतका क्षेत्रमा विद्युतको केन्द्रिय प्रशारण विस्तार भएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।

जयदुर्गे चमेलिया ग्रामीण विद्युत सहकारी संस्था मार्फत विद्युत विस्तार गरिएको वडा अध्यक्ष गडालले बताए । उनले भने ‘अहिले मिटर भएका घर र कार्यालयमा विद्युत लाइन छोडिएको छ । अन्य घरमा मिटर राख्ने काम भईरहेको छ ।’

लामो समयपछि पुर्चौंडी नगरपालिकाको केन्द्रमा विद्युत विस्तार भएपछि स्थानीयबासी पनि खुसी भएका छन् । विद्युत नहुँदा स्थानीयहरुलाई निकै समस्या थियो भने कार्यालयहरुलाई पनि सेवाप्रवाहमा समस्या हुँदै आएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विद्युत सेवा सञ्चालनमा आएपछि नगरपालिका लगायतका कार्यालयहरुलाई सेवा प्रवाहमा सहज हुने पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताइन् ।

Dirghayu Ads

अब केही दिनभित्रै पुर्चौंडी नगरपालिकाको वडा नं ७ कोटीलामा पनि विद्युत विस्तार गर्ने तयारी भएको जयदुर्गे चमेलिया ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष चक्रबहादुर बमले बताए । बिहीबार एक कार्यक्रमको आयोजना गरेर हाटमा विद्युत सेवाको उद्दघाटन गरिएको बताइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.