सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साविक विजेता वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको समूह चरणबाट बाहिरियो

आईसीसी टी–२० विश्व कप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ ।

सुपर १२ को समूह एक अन्तर्गत गएराति आबुधाबीमा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई २० रनले हरायो । श्रीलंकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १ सय ६९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

Sana Kishan

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २÷२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिए । वेस्ट इन्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.