Bedkot Samudayik Ban

आज कार्तिक १९ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

Sana Kishan
Total
88
Shares

पञ्चाङ्ग
वि.सं. कार्तिक १९, २०७८ । ई.सं. ५ नोभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस, दक्षिणायन, शरद । शुक्रबार कार्तिक शुक्लपक्ष । तिथि– प्रतिपदा, २५ः२१ बजे उप्रान्त द्वितीया । नक्षत्र– स्वाती ६ः५५ बजेदेखि विशाखा, २९ः२४ बजे उप्रान्त ज्येष्ठा । योग– आयुष्मान्, ९ः५१ बजे उप्रान्त सौभाग्य । करण– किंस्तुघ्न १४ः२८ बजेदेखि वव, २५ः२१ बजे उप्रान्त तैतिल । चन्द्रराशि तुला । आनन्दादि योग गद । दिनमान २७।२३ । सूर्योदय ६ः१८ । सूर्यास्त १७ः१५ । गाईगोरुपूजा, गोबलिपूजा, हलितिहार, म्हपूजा, गोवर्द्धनपूजा, ने.स.११४२ प्रा. ।

Arus

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

Karnali Traders

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईने छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Total
88
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
88
Share