Bedkot Samudayik Ban

 बैतडी : असई भण्डारी आए पछि फेरियो गुरुखोला प्रहरी चौकीको स्वरुप

Sana Kishan
Total
136
Shares

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा रहेको गुरुखोला प्रहरी चौकीको स्वरुप फेरिएको छ । चौकी ईन्चार्जको रुपमा प्रहरी सहायक निरीक्षक शंकर सिँह भण्डारी आए पछि चौकीको स्वरुप फेरिएको हो । चौकीका जिणर् बनेका बिभिन्न संरचनाहरु मर्मत गरिएको पछि चौकीको रुप परिर्वतन भएको छ । प्रहरी सहायक निरीक्षक भण्डारीले चौकीमा नयाँ डिउटी पोष्टको निर्माण गरेका छन् । जिणर् अवस्थामा रहेको पुरानो डिउटी पोष्ट हटाउँदै झण्डै २५ हजारको लगानीमा नयाँ डिउटी पोष्ट निर्माण गरिएको चौकी ईन्चार्ज भण्डारीले बताएका छन् । सोही ठाउँका समाजसेवीहरु पुष्कर राज भट्ट, नारायण दत्त भट्ट, बिरेन्द्र भट्ट र बहादुर लुहारको सहयोगमा जस्ता पाताहरुको छानो लगाएर फलामे डिउटी पोष्ट निर्माण गरिएको बताईएको छ । यस्तै चौकी भवनको पेन्टिङ धमलिएर कुरुप बनेको अवस्थामा पुरै भवन पेन्टिङ गरेर टल्काईएको छ । यो बाहेक प्रहरी चौकीको होडिङ बोर्ड, शौचालय र हातमुख धुने ठाउँहरुको पनी मर्मत गरिएको छ । फर्निचरहरुको पनी ब्यबस्थापन गरिएको छ । गोर्कण बोहराले रेडियो बैतडीमा लेखेका छन्।

Arus
Karnali Traders
Total
136
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
136
Share