सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवन बीमा परिवारको लागि ब्याकअप

अन्धकार शब्द आफैमा एक डर लाग्दो शब्द हो । तर यथार्थमा अन्धकार नभई रोशनिको उदय हुदैन अर्थात अन्धकारको सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खोज्नु पर्दछ अथवा भनौ ब्याकअप राख्नु पर्दछ। चाहे त्यो रातिको समयमा घरमा बिजुली नहुदा होस वा हामी मान्छेको जीवनमा आईपर्ने समस्या वा अन्धकार नै किन नहोस । यी र यस्तै अन्धकार बाट मुक्ति पाउनका लागि तपाई हामीलाई रोशनि ( उज्यालो )को आवश्यकता पर्दछ वा भनौ ब्याकअप चाहिन्छ । घरमा भएको अध्यारो हटाउनका लागि हामीले विभिन्न प्रकारको बैकल्पिक व्यवस्था गरेका हुन्छौ वा भनौ ब्याकअप तयार राखेका हुन्छौ । फलस्वरूप घरमा अध्यारो हुने बित्तिकै ब्याकअपको सहायताले उज्यालो बनाउदछौ ।

एवम् प्रकारले हामी मान्छे लाई पनि बेला बखतमा आफ्नो जीवनकालमा यी र यस्तै प्रकारका अन्धकारको सामना गर्नु परिरहेको हुन्छ । चाहे त्यो २०७२ सालको प्राकृतिक बिपद भुकम्पका बेला होस या बिगत एक बर्ष देखि बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ महामारीले निम्त्याएको घटना नै किन नहोसायी र यस्ता घटना दुर्घटनाले हाम्रो घरपरिवारमा निम्त्याउने अन्धकार लाई कसरी सामना गर्ने , यसको ब्याकअप कस्तो प्रकारले तयार राख्नु पर्दछ भन्ने बिषयमा तपाईं हामिले त्यति चासो दिएको जस्तो देखिदैन । हामीले धेरैजसोलेभन्ने गरेको सुन्ने गर्दछौ जस्तो पर्ला त्यस्तै टर्ला । तर वास्तविक रुपमा यी शब्द सुन्दा जति छोटा र सहज जस्ता लाग्दछन आफू र आफ्नो परिवार माथि समस्या परिसके पछिको भोगाई भने त्यति सहज हुदैन । यस्ता थुप्रै घटनाहरूको तपाईं साक्षि बनी सक्नु भएको छ।

तपाई भनेको आफ्नो परिवारका लागि सबै थोक हो । तपाई तपाईंको घरको रोशनी हो, कमाउने मान्छे हो, खानलाउन दिने मान्छे हो । परिवारका सबै आवश्यकता पूरा गर्ने मान्छे नै तपाईं हो एक छिनका लागि सोच्नुस त । मान्छेको जन्म जसरी निश्चित छ त्यसरि नै जन्मे पछि मृत्यु पनि निश्चित नै छ तर जन्मने समयका बारेमा सबैलाई थाहा हुन्छ भने मृत्यु कहिले कहाँ कसरी हुन्छ कसैलाई थाहा छैन । यहि मृत्युको कारणले घरपरिवारमा छाउने अन्धकारमय अवस्थाबाट परिवारलाई कसरी सहज अवस्थामा ल्याउने भनी यदि तपाई सोच्नु हुन्छ भने त्यसको एउटा मात्रै सहज उपाय हो जीवन बीमा गरि राख्नु पर्ने । केवल जीवन बीमा ।

World Link Ads
Mahakali Polytechnic

यदि तपाईंले आफ्नो जीवन बीमा गर्नु भएको छ र तपाईंलाई तपाईंको परिवारले भौतिक रुपमा गुमाउन पुगे पनि तपाईले गरेको जीवन बीमाका कारणले उहाँहरुले जीवन बीमा बाट प्राप्त गर्ने रकमले घरपरिवारको आर्थिक अवस्था लाई माथि उकासे देखि लिएर तपाईंको उपस्थितिमा जसरि परिवारको पालन पोषण र बालबालिकाको शिक्षा दीक्षा भैरहेको थियो तपाईं नरहदा पनि बीमाका कारणले तपाईंले देख्नु भएको सपना, बालबालिकाको पढ्ने लेख्ने सपनालाई तुहिन दिदैन । हो भौतिक रुपमा तपाईको परिवारलाई तपाईंको कमि रहन्छ तर तपाईंले गरेको जीवन बीमाले गर्दा उहाँको सपना पूरा हुने गर्दछन ।

Dirghayu Ads

बिकसित देशहरुमा त बच्चा जन्मने बित्तिकै उसको भविष्यका लागि भनेर जीवन बीमा गर्ने गरिन्छ । जीवन बीमा गर्नुको फाईदाका बारेमा बुझ्नुपर्दा जीवन बीमा एक अनिवार्य बचत योजना हो जुन तपाई ( बीमा गर्ने ब्यक्ति ) र कम्पनीको बीचमा सम्झौता बनेको हुन्छ। तपाईंको उमेर , तपाई ले लिन चाहेको थप सुबिधाहरु, तपाईले चाहेको समयसम्म र तपाईले छनौट गर्नु भएको बीमाको प्रकृतिको आधारमा तपाईको अनिवार्य बचतको रकम कम्पनीको एप मार्फत तोकिने गर्दछ । यसले गर्दा एकातिर हाम्रो फजुल खर्च गर्ने बानिमा पनि परिवर्तन आउदछ भने अर्को तिर परिवारका लागि र आफ्ना भबिष्यको लागि भनेर बचत पनि भैरहेको हुन्छ। हुनत यहाँ कुरो बचतको गर्दै गर्दा पैसालाई त हामी बैंक खातामा पनि बचत गर्न सक्छौ नि त भनेर भनिन्छ । हो बैकमा पनि बचत हुने गर्दछ बैकले हाम्रो बचत भएको रकमको ब्याज पनि दिने गर्दछ। तर बैकले हामिलाई जोखिम बहन सुबिधा चाहिँ दिदैन।

Sana Kishan

तर बीमा कम्पनीले हाम्रो बचत रकमको ब्याज पनि दिन्छ र हामी र हाम्रो परिवार माथि आईपर्ने विभिन्न खालका जोखिम जस्तै बिमितको दुर्घटना बाट मृत्यु हुँदा बिमाङ्क र बिमाङ्क बराबरको थप रकम सहित बचत रकम बोनस सहित फिर्ता दिने, कालगति बाट हुने मृत्युमा बिमाङ्क रकम र बचत रकम बोनस सहित दिने, मान्छेका लागि मृत्यु मात्रै जोखिम होईन विभिन्न कारणले मान्छे अंगभंग अपांग अशक्त हुन सक्दछ यस्तो अवस्थामा बीमा कम्पनीले बिमाङ्क रकम तत्कालै उपलब्ध गर्ने र बाकि समयको अनिवार्य बचत रकम बीमा कम्पनिले ब्यहोर्ने , साथै विभिन्न प्रकारका घातक रोगहरुको उपचारका लागि रकम उपलब्ध गर्ने सम्मका सुबिधाहरु कम्पनी ले उपलब्ध गराउने गर्दछन।

नेपालमा हाल सम्म १९ वटा जीवन बीमा कम्पनीले बजारमा प्रतिस्पर्धा गरिरहेका छन। सबै कम्पनीका आ–आफ्ना किसिमका बिमा योजनाहरु रहेका छन । बीमा गर्दा हामिले हचुवाका भरमा बीमा गर्नु हुदैन । कम्पनीको पृष्ठभूमिका बारेमा राम्रोसँग बुझे, कति पुरानो हो , कस्तो सेवासुबिधा प्रवाह गरेको छ, कम्पनीको बोनस दर कति छ, कम्पनीले भुक्तानीमा कति समय लगाउछ। भबिस्यमा हामिले पाउने सेवा सुबिधा के के हुन कति हुन यी तमाम कुराको जानकारी पश्चात् बीमा गर्नु भएको खण्डमा तपाईं सधैं बीमा कम्पनी प्रति सकारात्मक र सबैलाई बीमा गर्नु भन्ने सुझाव दिने ब्यक्ति बन्न सक्नु हुनेछ।

झन् अहिलेको कोभिड १९ को बिश्वब्यापी माहामारिको कारणले त जीवन बीमाको आवश्यकता अझै बढि महसुस गराएको छ। यो महामारिको सिकार को कति बेला हुन्छ कसैलाई थाहा छैन। तपाईं हाम्रो आँखा अगाडि नै तपाईका प्रिय ब्यक्तिहरु पत्याउनै नसकिने हिसाबले तपाईंले गुमाई राख्नु भएको छ । यो तितो सत्य हो।यसरी परिवारले आफ्नो सबै थोक भन्ने बस्तुलाई गुमाउदा के अब पहिले जस्तै सहज रुपले उहाहरुको आर्थिक हैसित स्थिर रहन सक्ला त ? हो यसको एउटामात्र उपाय हो उहाले गर्नु भएको जीवन बीमाका कारणले उहाँहरुको घरपरिवारको आर्थिक हैसियत पुरानै रुपमा स्थिर रहने छ। संक्षेपमा भन्नू पर्दा भविष्यका लागि बचत र जोखिम सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ। जीवन बीमा गरौ। ढुक्क रहौ ।

(लेखक राजेन्द्र बहादुर चन्द नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी चेयरपर्सन क्लबमा आबद्ध ब्यक्ति हुन)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.