सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकलको ठक्करबाट डोटीमा ६५ वर्षीया बृद्धाको मृत्यु

डोटी – जिल्लामा मोटरसाइकलको ठक्करबाट ६५ बर्षीय बृद्धाको मृत्यु भएको छ ।

दिपायलबाट डडेल्धुरा तर्फ जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले शिखर नगरपालिका–८ गोपघाटमा बुधबार दिउँसो बृद्धालाई ठक्कर दिदाँ मृत्यु भएको हो ।

मृत्यु हुनेमा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्की रहेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नहुदाँ थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ बर्षीय धुव्र कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.