सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतले अफगानिस्तानलाई ६६ रनले हरायो

आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो ।

जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

चार खेलमा दोस्रो हार बेहोरेको अफगानिस्तान चार अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ ।

World Link Ads
Mahakali Polytechnic

भारतले दिएको २११ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

Dirghayu Ads

अफगानिस्तानका लागि करिम जन्नतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद नावीले ३५ रन जोडे ।

Sana Kishan

भारतका मोहम्मद शामीले तीन, रवीचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्मा र केएल राहुलको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो । पहिलो विकेटका लागि रोहित र राहुलले १४० रनको साझेदारी गरेका थिए ।

रोहितले ४७ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा ७४ रन बनाए । यस्तै राहुलले ४८ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए । यस्तै हार्किक पाण्ड्य र ऋषभ पन्तले पनि आक्रमक ब्याटिङ गर्द अविजित ६३ रनको साझेदारी गरे । हार्दिकले अविजित ३५ र पन्तले अविजित २७ रन बनाए । दुवैले समान १३ बल खेलेका थिए । हार्दिकले चार चौका र दुई छक्का प्रहार गरे । पन्तले एक चौका र तीन छक्का प्रहार गरे ।

अफगानिस्तानका करिम जन्नत र गुल्बादिन नइबले एक–एक विकेट लिए । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.