सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कार्तिक १८ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. कार्तिक १८, २०७८ । ई.सं. ४ नोभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद । बिहीवार कार्तिक कृष्णपक्ष तिथि । औंसी– २७ः३३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र– चित्रा, ८ः१४ बजे उप्रान्त स्वाती । योग– प्रीति, १२ः४२ बजे उप्रान्त आयुष्मान् । करण– चतुष्पद १६ः३४ बजेदेखि नाग, २७ः३३ बजे उप्रान्त वालव । चन्द्रराशि तुला । आनन्दादि योग चर । दिनमान २७।२६ । सूर्योदय ६ः१७ । सूर्यास्त १७ः१६ । दर्शश्राद्ध, निशिबार्ने, हलोबार्ने, दिपमालिका, लक्ष्मीपूजा, सुखरात्री ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.