Bedkot Samudayik Ban

आईसीसी टी–२० विश्व कप : न्युजिल्यान्डले स्कटल्यान्डलाई हरायो

Sana Kishan
Total
78
Shares

आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हराएको छ ।

Arus

यूएईको दुबईमा न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो । उसका लागि मिचेल लियस्कले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र इश सोधीले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले सात छक्का र ६ चौकासहित ९३ रन बनाए ।

आजको जितसँगै न्युजिल्यान्डको तीन खेलमा चार अङ्क भएको छ र सेमिफाइनलको सम्भावना बलियो बनेको छ । यो समूहका सेमिफाइनलमा जानका लागि न्युजिल्यान्ड सबैभन्दा बलियो देखिएको छ । यदि अफगानिस्तानले आफ्नो बाँकी दुई खेल जितेको अवस्थामा आठ अङ्कसहित सेमिफाइनलमा पुग्नेछ । यदि अफगानिस्तानसँग न्युजिल्यान्डले हारेमा भारत र अफगानिस्तानका लागि सेमिफाइनलको ढोका खुल्नेछ । यस्तो स्थितिमा तीन टिमको ६ अङ्क हुनेछ र राम्रो रन रेट हुने टिमले सेमिफाइनल खेल्नेछ ।

Karnali Traders

स्कटल्यान्ड भने तीन खेलमा अङ्कविहीन भएकाले बाहिरिएको छ । समूह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । उज्यालो अनलाइन बाट सभार

Total
78
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
78
Share