सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर घाइते भएकी दार्चुलाकी नन्दा बोहराको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानी बगौरामा भिरबाट लडेर घाइते भएकी व्यास गाउँपालिका वडा नम्बर ६ घर भएकी नन्दा बोहराको उपचारको क्रममा ज्यान गएको छ ।

बसबाट झरेर पिसाब फेर्न जादा भिरबाट १३० मिटर तल खसेर बोहरा गम्भीर घाइते भएकी थिइन् । मंगलबार दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ज ३८३३ नम्बरको बसमा यात्रा गर्दै गरेका ति महिलाको गोकुलेश्वरमा उपचार सम्भव नभएपछि सोहि बसमा धनगढी पठाइएको थियो ।

Sana Kishan

बोहराको धनगढीस्थित निर्सग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।पिसाब फेर्नका लागि बाटोमा सार्वजनिक सौचालय नभएका कारण एकान्तमा जान खोज्दा अध्यारोमा झुक्कीएर ती महिला भिरबाट लडेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.