Bedkot Samudayik Ban

बैतडी जिल्लामा प्रहरीको तिहार बिशेष सुरक्षा

Sana Kishan
Total
46
Shares

बैतडी –तिहारलाई लक्षित गरेर बैतडी प्रहरीले बिशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । तिहारको बेला हुन सक्ने अवाञ्चिछत क्रियाकलाप रोक्नका लागि जिल्लाभरी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

Arus

जिल्लाका सबै प्रहरी युनिटबाट नियमित गस्ती सञ्चालन भईरहेको ओझाले बताए । तिहारको बेला हुन सक्ने जुवातास लगायतका विकृतिहरु रोक्नका लागि सादा पोशाकमा समेत प्रहरी खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

यस्तै सीमा नाकाबाट पनि अवैध रुपमा पटाका लगायतका सामग्री भित्रिन सक्ने भएकाले त्यो क्षेत्रमा पनि गस्ती बढार्ईएको उनले बताए ।

तिहारलाई शान्तिपूर्ण रुपमा मनाउन समेत उहाँले आग्रह गर्नुभएको छ । कोरोना भाईरसको जोखिम कायमै रहेकाले भीडभाड नहुने गरेर चाडपर्व मनाउन समेत प्रहरीले आग्रह गरेको छ ।

Karnali Traders

तिहारका बेला कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत आग्रह गरिएको प्रहरी निरीक्षक ओझाले बताए । सगुन खबर बाट सभार

Total
46
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
46
Share