सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अर्ली इलेक्सन हुने कुनै सम्भावना छैन :  माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका हुन्।

Sana Kishan

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भइरहेको जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic

सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने सोचमा गठबन्धन रहेको बताए। अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.