सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईसीसी टी–२० विश्व कप : दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो, अस्ट्रेलियालाई बाहिरिने डर

आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ६ विकेटले हराएको छ ।

यूएईको आबुधाबीमा बङ्गलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर तीन बलमा चार विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बभुवाले नटआउट ३१ रन बनाए । बङ्गलादेशका तस्किन अहमदले दुई विकेट लिए ।

Sana Kishan

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेश १८ ओभर २ बलमा ८४ रन बनाउँदा अलआउट भयो । उसका लागि मेहदी हसनले २७ र लिटन दासले २४ रन बनाउनुबाहेक अरूले राम्रो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिच नोर्टजेले तीन÷तीन विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

आजको जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । तर अस्ट्रेलिया भने बाहिरिने सम्भावना बढेको छ । यो समूहबाट इङ्ल्याण्ड आठ अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिकाको चार खेलमा ६ अङ्क भएको छ । अस्ट्रेलियाको तीन खेलमा चार अङ्क छ । बङ्गलादेश र श्रीलङ्का भने बाहिरिसकेका छन् । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.