सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गृहमन्त्री बालकृष्ण खाँण भोली बैतडी आउँदै

गृहमन्त्री बालकृष्ण खाँण भोली बुधवार बैतडी आउने भएका छन् । बेमौसमी बर्षाका कारण सुदुरपश्चिममा बाढी पहिरोले पु¥याएको क्षतिको निरिक्षण गर्न सुदुरपश्चिम आउन लागेका गृहमन्त्री खाँण बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुंगाड आउन लागेको नेपाली काङग्रेस बैतडीका नेता एबंम तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभएको छ । कार्य बाहक प्रधानमन्त्री समेत रहेका खाँणले सिगास आएर उहाँले बाढी प्रभाबित क्षेत्रमा नागरिकहरुसंग भेटघाट गर्ने र उक्त स्थलको प्रत्यक्ष निरिक्षण गर्ने कार्यक्रम रहेको नेता भट्टले बताउनुभयो । लगातारको ३ दिनसम्म परेको झरीका कारण सेती नदीमा आएको बाढीका कारण ढुंगाढ वस्ती ढुवानमा परेको थियो । जसका कारण लाखौको क्षति भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले समेत ढुंगाड पुगेर उचित क्षतिपुर्तिको आश्वासन दिएर गएका थिए । रेडियो बैतडी बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.