Bedkot Samudayik Ban

तिहारमा बिजुली अभाव हुँदैन, ढुक्कले झिलिमिली पार्नुस् : घिसिङ

Sana Kishan
Total
112
Shares

मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताए। उनले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

Arus

प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए । उनले आम नागरिक तथा उपभोक्ताहरूलाई ढुक्कसँग विद्युत प्रयोग गर्न आग्रह गरे।

‘यो तिहारमा हामीले १५ सय मेगावाटभन्दा बढी एक्सपोज गरेका छैनौं, हामीसँग जेनेरेसन अहिलेसम्मको करिव २ हजार प्लस मेगावाटमा जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५÷१६ सय जलविद्युत अप्रेशनमा छौँ, कुलेखानी चलाउनु परेको छैन, पानी खेर गइरहेको छ’ उनले भने, ’दिउँसो करिव २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकोले तिहारको लागि लोड अनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन।’

घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए। उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताए।

Karnali Traders

प्रवन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौति रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने जानकारी दिए। थाहा खबर बाट सभार

Total
112
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
112
Share